Suvadin, Home

सूचना नदिनेलाई कारबाही : बाँस्कोटा

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकलाई सूचना नदिने कुनै पनि निकायलाई कारबाही गर्न बाध्य हुने चेतावनी दिएका छन्। बाँस्कोटाले नागरिकको सूचनाको हक कुठाराघात भए सर्वोच्च अदालत, उच्च अदालत लगायतका न्यायालयले न्याय दिने पनि स्पष्ट पारे।
कृष्णहरि बाँस्कोटा।

काठमाडौं, वैशाख ७- राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकलाई सूचना नदिने कुनै पनि निकायलाई कारबाही गर्न बाध्य हुने चेतावनी दिएका छन्।

बाँस्कोटाले नागरिकको सूचनाको हक कुठाराघात भए सर्वोच्च अदालत, उच्च अदालत लगायतका न्यायालयले न्याय दिने पनि स्पष्ट पारे। राष्ट्रिय सूचना आयोगले निर्वाह गरिरहेको भूमिकाबारे जानकारी दिन ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई सूचना नदिने कुनै पनि मुलुक लोकतान्त्रिक हुनै नसक्ने तर्क पनि गरे।

बाँस्कोटाले नागरिकको सूचनाको हकलाई लोकतन्त्रको प्राणवायुको रुपमा पनि चित्रण गरे। राष्ट्रिय सूचना आयोगले राज्यका हरेक निकायमा सूचना अधिकारी तोकेर नागरिकलाई सूचना दिनुपर्ने व्यवस्थासहितको निर्देशिका नै तयार पारेको छ।


 

More form the Internet

loading...