Suvadin, Home

किसान र मजदूरलाई पनि निवृत्तभरण व्यवस्था गर्न माग

प्रतिनिधिसभाको आजको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गरेका थिए। छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई पनि निवृत्तभरण दिने व्यवस्था गर्न माग गरे।

काठमाडौं, १८ फागुन – प्रतिनिधिसभाको आजको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गरेका थिए। छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई पनि निवृत्तभरण दिने व्यवस्था गर्न माग गरे।

उनले भने, ‘पहिले रु एक सयले झोलाभरी समान आउँथ्यो, अहिले रु एक हजारले केही पनि आउँदैन। निवृत्तभरण लिनेलाई त केही होला, नहुनेलाई के होला ? सबैलाई राहत दिने व्यवस्था गर्नुपर्छ।’ प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते मङ्गलबार दिनको १३ बजे बस्नेछ।


 

More form the Internet

loading...