Suvadin, Home

Cover Image

लमजुङमा माओवादी केन्द्रका देवप्रसाद गुरुङ विजयी

लमजुङ प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देवप्रसाद गुरुङ विजयी भएका छन्।
देवप्रसाद गुरुङ, पृथ्वीसुब्बा गुरुङ र धनञ्जय दवाडी।

लमजुङ, मंसिर २३ – लमजुङ प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देवप्रसाद गुरुङ विजयी भएका छन्। 

गुरुङका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर घर्तीलार्इ आठ हजार ४०४ मत अन्तरले पराजित गर्दै गुरुङ विजयी भएका हुन्। 

गुरुङले ३९ हजार ४६८ मत प्राप्त गर्नुभएको छ भने घर्तीले ३१ हजार ६७ मत प्राप्त गरेका छन्।

प्रदेश 'क'मा एमालेका दवाडी विजयी 

यसैगरी, जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर 'क'मा वाम गठबन्धनबाट नेकपा एमालेका धनञ्जय दवाडी २० हजार ६५ मतसहित विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गर्जबहादुर गुरुङले १३ हजार ८५३ मत प्राप्त गरेका छन्।


 

More form the Internet

loading...