Suvadin, Home

निर्वाचन विशेषः
मतदाता शिक्षा प्रभावकारी नहुँदा ४ हजार ९ सय ३७ मत बदर

प्रतिनिधि र प्रदेशसभा गरी ४ हजार ९ सय ३७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार १ लाख १५ हजार ४ सय ४९ मत रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि मात्रै ७७ हजार १ सय ६४ मत खसेको थियो जसमध्ये दुई हजार ५ सय ८५ मत बदर भएको छ।

लमजुङ, मसिर २५ – मतदाता शिक्षा प्रभावकारी नहुनुकाे नतिजा लमजुङमा देखिएकाे छ। जसकाे परिणाम स्वरुप करिब पाँच हजार मत बदर भएको पाइएको निर्वाचन अायोगले बताएकाे छ।

प्रतिनिधि र प्रदेशसभा गरी ४ हजार ९ सय ३७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार १ लाख १५ हजार ४ सय ४९ मत रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि मात्रै ७७ हजार १ सय ६४ मत खसेको थियो जसमध्ये दुई हजार ५ सय ८५ मत बदर भएको छ।

त्यस्तै, ५४ हजार ८ सय ९७ मतदाता रहेको प्रदेशसभा ‘क’ मा ३६ हजार ८ सय ७१ मत खसेको थियो। तर, त्यहाँकाे मत गणनाका क्रममा १ हजार ४ सय ७४ मत बदर भएको थियो। यसैगरी ६० हजार ५ सय ५२ मत रहेको प्रदेशसभा ‘ख’ मा ४१ हजार २ सय ७२ मत खसेको थियो।

र, त्यहाँ पनि ८ सय ७८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।धेरै मात्रामा मत बदर हुनुकाे कारण जिल्लामा निर्धारित तालिका अनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकेको जिल्ला निर्वाचन कार्यालयको दाबी छ।


 

More form the Internet

loading...