Suvadin, Home

लमजुङ प्रदेश ‘ख’मा पृथ्वीसुब्बा गुरुङ विजयी

लमजुङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्। नेकपा एमालेका केन्द्रीय सचिव गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गरेका छन्।
पृथ्वीसुब्बा गुरुङ।

लमजुङ, मसिर २३ – लमजुङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्। 

नेकपा एमालेका केन्द्रीय सचिव एवम् संगठन विभाग प्रमुख रहेका गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण कोइरालाले १५ हजार १२२ मत प्राप्त गरेका छन्।


 

More form the Internet

loading...