Suvadin, Home

नेपाली कांग्रेसकाे जनाधार फर्काउने महामन्त्री काेइरालाकाे उद्घाेष, यस्ताे छ याेजना

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनाधार फर्काउने  उद्घाेष गरेका छन्। उनले कांग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। कोइरालाले नेपाली कांग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो कांग्रेसको सुदृढीकरणको लागि भएको बताएका छन्।

लमजुङ, फागुन ११ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनाधार फर्काउने  उद्घाेष गरेका छन्। उनले कांग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। 

लमजुङको उदिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै डा. कोइरालाले नेपाली कांग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो कांग्रेसको सुदृढीकरणको लागि भएको बताएका छन्।

प्रजातन्त्र सेनानी एवं उदिपुरस्थित जनकल्याण माविका संस्थापक स्व रोहिणीराज त्रिपाठीको शालिक अनावरण गर्न लमजुङ आएका नेता कोइरालाले कांग्रेसलाई फर्केर हेर्दा धेरै योद्धा रहेको भन्दै संगठनलाई पुनर्जागरण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समानुपातिकको मतको आधारमा पनि कांग्रेसलाई विश्लेषण गर्नुपर्ने बताउँदै काेइरालाले गिरिजाबाबुले भनेजस्तै कांग्रेसलाई संगठित र पुरानै स्तरमा पुर्याउने दावी गरेका छन्।

'कांग्रेसलाई जनमत पटक्कै नभएको हैन,' कोइरालाले भने, 'जनताको चाहना कांग्रेसभित्रको सुदृढीकरण हो, अब नेतृत्वले यसलाई मनन गर्नुपर्छ।'

स्व. त्रिपाठीको पहलमा प्राविबाट स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा ११ सम्म पठनपाठन हुन्छ। विद्यालयमा व्यावसायिक र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ।


 

More form the Internet

loading...