Suvadin, Home

'नयाँ विधेयक' झुट हाेः सद्भावना

निर्वाचन विरोधी अभियानमा जुटेको सद्भावना पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिमा संविधान संशोधनको नयाँ विधेयक तयार पारेको भनेर झुट प्रचार गरेको आरोप लगाएको छ। पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चाको सहमति रहेको भन्ने प्रधानमन्त्रीको भनाईप्रति आपत्ति पनि जनाएका छन्।
लक्ष्मणलाल कर्ण।

काठमाडौं, चैत २९ – निर्वाचन विरोधी अभियानमा जुटेको सद्भावना पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिमा संविधान संशोधनको नयाँ विधेयक तयार पारेको भनेर झुट प्रचार गरेको आरोप लगाएको छ।

पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चाको सहमति रहेको भन्ने प्रधानमन्त्रीको भनाईप्रति आपत्ति पनि जनाएका छन्। काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानको नयाँ संशोधन विधेयक आफूहरुले नदेखेको र सरकारले कुनै लिखित जानकारी नगराएको पनि स्पष्ट पारेका छन्।

प्रधानमन्त्री दाहालले मधेसी मोर्चाकै सहमतिमा संविधानको नयाँ संशोधन विधेयक तयार परेको दावी गर्दै आएका छन्। सहअध्यक्ष कर्णले संसदमा विचाराधीन संविधान संशोधन प्रस्ताव फिर्ता गर्ने विषयमा पनि सरकारले कुनै छलफल नगरेको उल्लेख गरेका छन्।

उनले संविधान संशोधन प्रस्ताव फिर्ता लिने र पेश गर्ने काम सरकारको भएको उल्लेख गर्दै आफुहरुको माग सम्बोधन नभएसम्म निर्वाचनमा जान नसकिने पुरानै अडान राखेका छन्। सहअध्यक्ष कर्णले जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने आफूहरुको माग संविधानसम्मत भएको जिकीर पनि गरेका छन्।


 

More form the Internet

loading...