Suvadin, Home

कांग्रेसको महाधिवेशन अगावै विधान संशोधन गरिनुपर्ने

पार्टी केन्द्रीय सदस्य केसीले कार्यक्रम बन्द गरिनु र मूल्य विरोधको कार्यक्रम गर्दा पार्टी कार्यालयभित्र प्रहरी प्रवेश गरी कांग्रेस कार्यकर्ता नियन्त्रण लिनु अधिनायकवाद भएको आरोप लगाए। 

विराटनगर, ३ असार – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताएका छन्। उनले कांग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिए।

पार्टी केन्द्रीय सदस्य केसीले कार्यक्रम बन्द गरिनु र मूल्य विरोधको कार्यक्रम गर्दा पार्टी कार्यालयभित्र प्रहरी प्रवेश गरी कांग्रेस कार्यकर्ता नियन्त्रण लिनु अधिनायकवाद भएको आरोप लगाए। 

नेता केसीले राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रित हुनाले निरंकुश हुने सम्भावना भएकाले संसदीय पद्धति नै लोकतान्त्रिक समावेशी हुन्छ र यो नै नेपालका लागि उपयुक्त भएको बताए।


 

More form the Internet

loading...