Suvadin, Home

घनश्याम भूसालः निष्ठावान र संघर्षशील राजनीतिज्ञ

चुनावी प्रचार–प्रसारका क्रममा भूसाल कहिल्यै कुनै पनि भ्रामक प्रचार गर्दैनन्। उनले जनतालाई झुठा आश्वासनहरु बाँडेको छैनन्। र, जनतासँग सत्य कुरा गर्छन् उनी। सामान्यतया, भूसाल निजी भोट माग्दैनन्। पार्टी, सिद्धान्त, निष्ठा र नैतिकतामा कटिबद्ध भएर चुनावी अभियान लागेका छन् घनश्याम भूसाल।
घनश्याम भूसाल।

काठमाडौ, मंसिर १७ – जननेता मदन भण्डारीले भनेका छन्, ‘संसारभर नयाँ सोचहरु आउँछन्, पूँजीवादसँगको लामो संघर्ष अनिवार्य छ।’ नेपालमा ‘नयाँ सोच’ निर्माण अभियानमा असाध्यै थोरै बुद्धिजीवी र राजनीतिक अभियन्ता लागेको छन्। अध्ययनशील, बौद्धिक नेता घनश्याम भूसाल पनि नेपाली राजनीतिका त्यस्तै एक बहुआयामिक र उदाहरणीय व्यक्तित्व हुन्।

नेपाली कम्युनिष्ट आन्दोलनका होनाहार योद्धा तथा नेकपा एमालेका उपमहासचिव घनश्याम भूसाल वाम गठबन्धनका रुपन्देही क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन्। प्रगतिशील वाम आन्दोलनमा सधैँ अग्रपङ्तिमा रहने घनश्याम भूसाललाई मुलुकको भविश्य बदल्ने नेताको रुपमा हेरिएको छ।

त्यसैले निरन्तरको अध्ययन र संघर्षले खारिएका नेता भूसालले रुपन्देही क्षेत्र नम्बर–३ बाट जित्न आवश्यक छ। चुनावी प्रचार–प्रसारका क्रममा भूसाल कहिल्यै कुनै पनि भ्रामक प्रचार गर्दैनन्। उनले जनतालाई झुठा आश्वासनहरु बाँडेको छैनन्। र, जनतासँग सत्य कुरा गर्छन् उनी।

सामान्यतया, भूसाल निजी भोट माग्दैनन्। पार्टी, सिद्धान्त, निष्ठा र नैतिकतामा कटिबद्ध भएर चुनावी अभियान लागेका छन् घनश्याम भूसाल। त्यसैले १० कारणसहित भूसाललाई शुभदिनले ‘संसदमा पुग्नैपर्ने १० नेता’मा समावेश गरेको हो। यी हुन्, भूसाल संसद हुनुपर्ने १० कारणः 

१, समाजवादका सिद्धान्तकार, नैतिक मूल्य र मान्यता एवम् शुद्ध आचरण भएका नेपाली राजनीतिक आन्दोलनका कुशल नेतृत्वकर्ता र अध्ययनशील नेता।

२, गणतन्त्र र जनजीविकाका सवालमा स्पष्ट, प्रेरणाका श्रोत र प्रखरवक्ता।

३, वि.सं. २०३६ मा रुपन्देहीमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध विद्यार्थीलाई संगठित गरेर क्रान्ति गर्ने अभियन्ता।

४, वि.सं. २०४२ सालका विद्यार्थी आन्दोलनलाई संगठित गर्दै  कांग्रेसले चलाएको सत्याग्रहमा नैतिक सर्मथन र लोकतन्त्र प्राप्तिमा लाग्दा जेल जीवन बिताएका योद्धा।

५, वि.सं. २०४७ सालमा प्रजातन्त्र पुनःबहालीपछि प्राप्त उपलब्धी जोगाउँदै पूर्ण प्रजातन्त्र प्राप्तिका लागि निरन्तर अग्रसर।

६, साठीको दशकमा लोकतन्त्रको घाँटी निमोठिने खतराविरुद्ध लड्ने, अवसरवादी र दक्षिणपन्थीहरुसँग जुध्दैँ संघर्ष गर्ने प्रगतिशील वाम अभियन्ता।

७, २०६२/०६३ सालको जनआन्दोलनको अगुवा। सर्वहारा श्रमजीवि जनताको पक्षधर। वामपन्थीहरुबीच एकता कायम गरी राजनीतिक स्थायित्वका लागि अग्रसर।

८, पार्टीहरुलाई अझै लोकतान्त्रिक बनाउनु पर्छ भन्ने मान्यता बोकेका नेता।

९, राज्य दोहन गरेर कार्यकता पाल्ने दलका नेताहरुविरुद्ध उभिने। र, सम्पू्र्ण साधन, स्रोत र शक्तिलाई उत्पादनशील कार्यमा लगाउनुपर्छ भन्ने मान्यतामा अडिग।

१०, सम्पूर्ण पूँजी जनतासामू समान वितरण हुनुपर्छ भन्ने मान्यता बोकेका नेता। 

तर, नेपाली वाम आन्दोलनमा र अन्तर्राष्ट्रिय वाम आन्दोलन तथा वर्गसंघर्षका विषयमा शोध तथा अध्ययनमा उनी लागिरहेका छन्। 

स्याङ्जाको बित्यो बाल्यकाल

नेकपा एमालेका उपमहासचिव एवम् वाम गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार घनश्याम भूसाल वि.सं. २०१८ भदौ २६ गते स्याङ्जाको गल्याङ गाउँपालिका (साविक पिँडीखोला गाविस) मा जन्मिएका हुन्।

बुबा जगन्ननाथ भूसाल र आमा छविसरा भूसालका माइला सुपुत्र घनश्याम भूसालले प्रारम्भिक शिक्षा गिर्वाण सरस्वती संस्कृत माध्यमिक विद्यालयबाट आर्जन गरे। १० कक्षासम्म त्यहाँ पढेका भूसालले तानसेनबाट प्रविणता प्रमाणपत्र तह र स्नातह तहको पढाई पूरा गरे।

र, त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका भूसालले विद्यावारिधिको तयारी गरेपनि पुस्तक लेखनका कारण पूरा गर्न सकेनन्। तर, नेपाली वाम आन्दोलनमा र अन्तर्राष्ट्रिय वाम आन्दोलन तथा वर्गसंघर्षका विषयमा शोध तथा अध्ययनमा उनी लागिरहेका छन्। 

मण्डले विद्यार्थी समूहको विरोधमा लागेपछि उनी उदाउँदा नेता रुपमा परिचित भए। ‘म त्यति बेला हाइस्कूलमा अध्ययनरत थिए,’ उनले भने।

१६ वर्षको उमेरमै वाम आन्दोलनमा

वि.सं. २०३४ सालबाट वामपन्थी विचारक तथा प्रभावशाली नेता घनश्याम भूसाल राजनीतिक आन्दोलनमा लागेका हुन्। त्यति बेला उनको राजनीतिक यात्रा पञ्चायत विरोधी विद्यार्थी नेताको रुपमा शुरु हुन्छ।

मण्डले विद्यार्थी समूहको विरोधमा लागेपछि उनी उदाउँदा नेता रुपमा परिचित भए। ‘म त्यति बेला हाइस्कूलमा अध्ययनरत थिए,’ उनले भने। त्यसपछि अनेरास्ववियुको पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य भएका भूसाल तत्कालिन नेकपा मालेमा सक्रिय रुपमा लागे।

अखिलका सचिवालय सदस्य, केन्द्रीय सदस्य हुँदै २०४४ मा र २०४७ मा अखिलको महासचिवका भए। त्यसबीचमा भूसाल साढे चार वर्षसम्म जेल पनि बसे।

विद्यार्थी राजनीतिबाट उदाएका भूसाल वि.सं. २०४९ सालमा एमाले जिल्ला समिति उपसचिव भए। २०५० सालमा सचिव भएका भूसाल २०५३ सालमा जननिर्वाचित सांसद भए।

वि.सं. २०५६ सालपछि उनी  मार्क्सवादको सैद्धान्तिक र ऐतिहासिक अध्ययनमा लागे। त्यस पश्चात भूसालले २ वटा किताब लेखे, ‘नेपालको अर्थराजनीति’ र ‘आजको मार्क्सवाद र नेपाली राजनीति’।

त्यसपछि आठौं महाधिवेशनमा पछिल्लो किताबको निस्कर्षका आधारमा केही सहयोद्धाहरुसँग मिलेर एउटा कार्यपत्र प्रस्तुत गरेका थिए। ‘तर, त्यो आठौं महाधिवेशनमा पारित हुन सकेन,’ उनले भने।

वि.सं. २०६५ सालमा उनी केन्द्रीय कमिटीमा आए। उनको वैचारिक लाइनलाई वि.सं. २०६८ सालको माओवादीको हेटौँडा महाधिवेशनमा छलफलको विषय बनाइयो। त्यसपछि एमालेले पनि भूसालको कार्यपत्रलाई पारित गर्यो।

आठौं महाधिवेशनमा उपमहासचिवमा लडेका आदर्श नेता भूसाल ८६ भोटले पराजित भए। नवौं महाधिवेशनमा एमाले उपमहासचिवमा विजयी भए। पदीय जिम्मेवारीमा रहँदा पार्टीको काम गर्न र आफ्ना विचारहरुलाई राख्न सजिलो हुने उनको अनुभव छ।

‘राजनीतिक क्रान्तिको लडाइँको बाटो सकियो, लोकतान्त्रिक गणतन्त्रमा अब कम्युनिष्ट आन्दोलनको, मार्क्सवादीहरुको काम भनेको समान रुपान्तरण गर्ने हो,’ उनले भने। 

नेपाली वाम आन्दोलन र समृद्धिको अभियान

सत्ता पूरै आफ्नो कब्जामा नभई क्रान्ति हुँदैन भन्ने संसारभरिकै कम्युनिष्ट आन्दोलनको समस्या भएको नेता घनश्याम भूसालको विश्लेषण छ।

‘तर, मेरो विचारमा सत्ता कब्जा गरेमात्रै क्रान्ति हुन्छ भन्ने होइन,’ उनले भने, ‘त्यसबाट मैले आफूलाई मुक्त गरेको छु, किनभने हामीले २००७ सालमा, २०३६–०३७ सालमा, २०४६ सालमा, र २०६२/०६३ सालमा पनि सत्तामा नरही नै क्रान्ति गरेका हौं।’

नयाँ–पूराना शक्तिहरुका बीचमा कहिले–कसले, कहिले–कसले जित्ने होड चलेकाले लोकतान्त्रिक आन्दोलन पूरा हुन साठी–सत्तरी वर्षको समय लागेको उनको निश्कर्ष छ।

‘राजनीतिक क्रान्तिको लडाइँको बाटो सकियो, लोकतान्त्रिक गणतन्त्रमा अब कम्युनिष्ट आन्दोलनको, मार्क्सवादीहरुको काम भनेको समान रुपान्तरण गर्ने हो,’ उनले थप प्रष्ट पारे। 

त्यसका लागि राष्ट्रिय पूँजीको विकास, राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने र समाजवादको तयारी गर्न आवश्यक रहेको भूसालको धारणा छ। ‘अबको बाटो भनेको राष्ट्रिय समृद्धिको बाटो हो, त्यसको सैद्धान्तिक लडाइँ भनेको समृद्धि गर्दै समाजवादतर्फ जाने हो,’ उनले भने।

उनले भने, ‘त्यसो हुनाले वास्तवमा अहिलेको धारणा भनेको आर्दश हो, र मूख्य काम भनेको समाजवादको तयारी गर्ने हो।’

लक्ष्य प्राप्ति कति नजिक?

बौद्धिक नेता भूसाल चाहेर मात्रै अहिल्यै वामपन्थी शक्तिले सोचेजस्तो राज्यव्यवस्था स्थापना नहुने बताउँछन्। जननेता मदन भण्डारीले भनेझैँ नयाँ सोचको विकास गर्दै पूँजीवादसँग लामो संघर्ष अनिवार्य रहेको भूसालको पनि विश्लेषण छ।

‘विकासको स्तर एकदमै कम छ, चीनले पनि भर्खरै समाजवादको प्रारम्भिक अवस्थामा अहिले रहेको जनाएको छ,’ उनले भने, ‘त्यसो हुनाले वास्तवमा अहिलेको धारणा भनेको आर्दश हो, र मूख्य काम भनेको समाजवादको तयारी गर्ने हो।’

त्यस तयारीका लागि राष्ट्रिय पूँजीको विकास गरेर जानुपर्ने उनी बताउँछन्। ‘जुन पूँजी भनेको राष्ट्रिय हो, तर अहिलेको पूँजी भनेको खाली कालोबजारी, घुसखोरी तथा दलालीको पूँजी र केही व्यापारीहरुको पूँजी र पँहुच छ, त्यो पूँजी उद्यमशील पनि छैन,’ भूसालले शुभदिनसँग भने, ‘त्यसैकारण रोजगारीको सिर्जना हुँदैन, त्यस्तो पूँजीले रोजगारी उत्पादन हुँदैन, र हामीले त्यस ठाँउमा औद्योगिक पूँजी, राष्ट्रिय पूँजीको विकास गरेर जानु पर्छ, र त्यो २०–३० वर्षको समय लाग्ने प्रक्रियामा छ।’

वाम एकताले मूलतः राजनीतिक स्थिरतातर्फ मुलुकलाई लाने भूसालको विश्लेषण छ। ‘अनि, दोस्रो कुरा यसले मुलुकलाई समृद्धितर्फ लैजान्छ,’ उनले भने।

वामपन्थी एकता
वाम एकताले मूलतः राजनीतिक स्थिरतातर्फ मुलुकलाई लाने भूसालको विश्लेषण छ। ‘अनि, दोस्रो कुरा यसले मुलुकलाई समृद्धितर्फ लैजान्छ,’ उनले भने।

समृद्धिका लागि स्थायी सरकारको आवश्यक हुने भूसालले बताए। ‘सुशासनको आवश्यक हुनेछ,’ उनले भने, ‘र, त्यो सुशासन र समृद्धिका लागि राष्ट्रिय एकताको विशिष्ट परिस्थिति छ, यसकारण हामीले राष्ट्रिय एकता सुदृढ गर्दै जानुपर्ने छ।’


 

More form the Internet

loading...