Suvadin, Home

निडर र क्रान्तिकारी नेता
जनार्दन शर्मा प्रभाकरः 'उज्यालाे नेपाल' अभियन्ता!

उर्जामन्त्रीको जिम्मेवारी सम्हाल्ने बित्तिकै माओवादी नेता शर्माले नेपाल विद्युत प्राधिकरणमा देखिएको अनियमिततामाथि पर्खाल लगाइदिए। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेर शर्माले उर्जामन्त्री भएको २ महिनामै काठमाडौंलाई लोडसेडिङमुक्त बनाइदिए।

काठमाडौं, मंसिर १८ – नेपालमा लोडसेडिङले आक्रान्त पारेका बेला नेपाली राजनीतिका एक संघर्षशील, जुझारू योद्धा तथा जनपक्षीय नेता जनार्दन शर्मा प्रभाकर उज्यालो दीप बनेर उदाए।

उर्जामन्त्रीको जिम्मेवारी सम्हाल्ने बित्तिकै माओवादी नेता शर्माले नेपाल विद्युत प्राधिकरणमा देखिएको अनियमिततामाथि पर्खाल लगाइदिए। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेर शर्माले उर्जामन्त्री भएको २ महिनामै काठमाडौंलाई लोडसेडिङमुक्त बनाइदिए।

चामत्कारिक कार्यकौशलताका कारण जनार्दन शर्मालाई आम नेपालीले प्रिय नेताका रुपमा याद गरिरहन्छन्। वाम गठबन्धनका पश्चिम रुकुम प्रतिनिधि सभा सदस्य उम्मेदवार शर्माले उर्जामन्त्री हुँदा जेजति काम गरे गृहमन्त्रीको जिम्मेवारीमा आइपुग्दा अझै उत्तरदायित्वका साथ काम गरे।

शुभदिनले सगौरव ‘संसदमा पुग्नै पर्ने १० नेता’मा जनार्दन शर्मालाई समावेश गरेका हो। उनका १० उत्कृष्ट कार्यहरू निम्नानुसार छन्ः

१, उर्जामन्त्री भएका बेला लोडसेडिङ अन्त्य गर्ने अभियानको थालनी। उज्यालो नेपाल अभियानका प्रवर्तकको भूमिकामा जनार्दन शर्मा रहे।

२, शर्मा गृहमन्त्री रहेकै बेला शान्तिपूर्ण रुपमा स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भएका हुन्। जुन निर्वाचन २ दशकपछि भएको थियो।

३, जनतासँग टोलटोलमा प्रहरी अभियान सञ्चालन गरेर प्रहरीप्रतिको सर्वसाधारणको मनोविज्ञान बदल्न प्रेरक भूमिका।

४, सरुवा र बढुवामा प्रहरी संगठनभित्र हुने अनियमितता बन्द गराए। पारदर्शी प्रहरी संगठन निर्माणमा भूमिका खेले।

५, प्रहरी संगठनलाई उच्च प्रविधि उक्त बनाए। सिसी टिभी क्यामराको व्यवस्था। जनताको गुनासो प्रत्यक्ष रुपमा नेपाल प्रहरीमा आउने व्यवस्था मिलाए।

६, प्रहरी जवानलाई आत्मसम्मानका लागि उत्प्रेरकको भूमिका गृहमन्त्री रहेका बेला शर्माले निभाएका हुन्।

७, काठमाडौंमा साइरन बजाउन निषेध गराएर ध्वनी प्रदुषण नियन्त्रणमा नेतृत्वदायी भूमिका।

८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा गृहमन्त्री रहेकै बेला शर्माले सरप्राइज अनुगमन गरेर अनियमितताविरुद्ध उदाहरणीय शुरुवात गरे।

९, जलविद्युत क्षेत्रमा देखिएको माफियातन्त्र र गुण्डागर्दी अन्त्य गरी जनतालाई प्रत्यक्ष राहत दिन सफल।

१०, आमनागरिकका समस्या र सराकारप्रति सधैँ चिन्तित र अवसर पाउने बित्तिकै जनपक्षीय काम गर्ने निर्भिक र जनउत्तरदायी नेता।

अहिलेसम्म आउँदा शर्माले धेरै ठूला अक्करे भीर पार गरिसकेका छन्। नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शर्माको राजनीतिक जीवन वि.सं. २०३० को दशकमा शुरू भएको हो।

रुकुमदेखि राजधानीको यात्रा

उर्जामन्त्री हुँदा दोस्रोपटक मन्त्रीको कुर्सी सम्हालेका जनार्दन शर्माले लगतै गृहमन्त्री हुँदा आफूले पाएका जिम्मेवारी सम्मानपूर्वक पूरा गरे।

तर, अहिलेसम्म आउँदा शर्माले धेरै ठूला अक्करे भीर पार गरिसकेका छन्। नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रहेका शर्माको राजनीतिक जीवन वि.सं. २०३० को दशकमा शुरू भएको हो।

शर्मा वि.सं. २०२० साल वैशाख १२ गते रुकुममा जन्मिएका हुन्। बुवा स्कन्ध शर्मा र आमा नर्वदा शर्माका छोरा जनार्दन माओवादी जनयुद्धमा प्रभाकरबाट परिचित थिए। उनका बुवा स्कन्द पनि वामपन्थी कार्यकर्ता थिए।

रुकुम जिल्लालाई लालकिल्ला बनाउन उनको महत्वपूर्ण भूमिका रहेको थियो। शर्मा कम्युनिष्ट पार्टीको जिल्लास्थित कमिटीका संस्थापक सदस्य रहेको रुकुम माओवादीका एक नेताले जनाएका छन्।

वि.सं. २०६४ सालमा सम्पन्न संविधानसभा चुनावमा पनि रुकुमबाटै शर्मा विजयी भएका थिए। दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी सोही जिल्लाबाट निर्वाचित भएका हुन्।

माओवादीले मुलुकभरि हार व्यहोरिरहँदा हरिबोल गजुरेलसहित केही युवाले जितेको खबर आयो। जसमा शर्मा पनि एक थिए।

२६ सिटमा जित हासिल गर्दा आशाका किरण जनार्दनलाई जनताले विश्वासको मत दिएर पठाए। हो, त्यही भोटको मूल्य उनी अहिले मुलुकलाई अँध्यारोबाट मुक्त गराएर तिरिरहेका छन्।

फेरि अहिले उनी पश्चिम रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। आशा गरौं, रुकुमबासीको विश्वास फेरि कामरेड प्रभाकरले जित्ने छन्।

‘सुधार सम्भव छ, समृद्धि सम्भव छ,’ शर्माले शुभदिनसँग भने, ‘तर, हामीले गर्न अघि सर्नुपर्छ, दृढताका साथ अघि बढ्दा मुलुकले विकास गति लिनसक्छ।’  

ऐच्छिक नेपाली र राजनीतिशास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका शर्माले २०३६ सालको विद्यार्थी आन्दोलनमा पनि अग्रसरता लिएका थिए। जुन उनलाई राजनीतिक यात्रामा डोहोर्याउने अर्को खुड्किलो थियो।

वि.सं. २०५५ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रीय सदस्य चयन भए शर्मा। जनयुद्धका बेला माओवादी जनमुक्ति सेनाका सहायक कमाण्डर थिए। गृहमन्त्री बन्नुभन्दा पहिला उनी ऊर्जामन्त्री र त्यसअघि शर्माले शान्ति तथा पुनर्निमाण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थिए।

शर्माका जनयुद्ध शुरु गर्नुअघि नै जेल परिसकेका थिए। वि.सं. २०४६ सालमा जनवादी सांस्कृतिक कार्यक्रम गरेको बहानामा उनीमाथि शान्ति सुरक्षासम्बन्धी मुद्दा हालिएको थियो।

वि.सं. २०४८ सालमै उनी चुनावमा उठेका थिए। जनमोर्चा नेपालको तर्फबाट सांसद उठेका जनार्दन संविधानसभा चुनाव–२०६४ मा रुकुम–२ बाट विजयी भए। माओवादी जनयुद्धका अधिकांश मोर्चामा विजयी भएका शर्मा सशक्त, जुझारु, कुशल संगठनकर्ताका रुपमा परिचित छन्।

कामप्रतिको जिम्मेवारीकै कारण माओवादी नेतृत्वले पनि उनलाई विश्वास गरेको हो। जनयुद्धका बेला धेरैजसो समय शर्माले जनसेनाको अगुवाई गरेर बिताए। उनलाई पार्टीले सेती–महाकाली अञ्चलको जिम्मेवारी सुम्पिएको थियो।

क्रान्तिकारी स्वभावका शर्माले जनसेनाको प्लाटुन कमाण्डर, बटालियन, कमिसार, डिभिजन कमाण्डर हुँदै ७ वटा डिभिजन बनाएपछि सहायक (डेपुटी) कमाण्डरको जिम्मेवारी निभाएका हुन्। शर्माको काममा ऊर्जा प्रदान गर्ने कार्य श्रीमती लक्ष्मी पौडेलले गर्छिन्। पौडेल पनि माओवादी केन्द्रकी नेतृ हुन्। 

शर्माका जनयुद्ध शुरु गर्नुअघि नै जेल परिसकेका थिए। वि.सं. २०४६ सालमा जनवादी सांस्कृतिक कार्यक्रम गरेको बहानामा उनीमाथि शान्ति सुरक्षासम्बन्धी मुद्दा हालिएको थियो।

शिक्षाशास्त्रमा पनि उनले स्नातक तहसम्म पढाइ पूरा गरेका छन्। नेपालका ग्रामीण बस्तीका समस्यासँग परिचित र आर्थिक विपन्नता र अभावलाई नजिकबाट नियालेका शर्मा जनपक्षीय काममा आफू सधैं प्रतिवद्ध रहेको बताउँछन्।


 

More form the Internet

loading...