Suvadin, Home

महिला मुक्ति अान्दाेलनकी अथक याेद्धा
कमला रोकाः राप्ती पहाडबाट राष्ट्र निर्माणको यात्रामा!

पुरातन सोच, कुरीति, कुसंस्कार पूरानो चिन्तनलाई चुनौती दिएकी महिला नेतृ। जसले परिवारभित्र विद्रोह गरेरै भएपनि पढ्नुपर्छ भन्ने मान्यताको विकास गरिन्। उनको संघर्षबाटै हजारौं महिलाहरुले पढ्न पाए। विद्रोह गरेर पढ्नसक्ने अवस्थामा उनले पुर्याएकी हुन्। कमला रोकाले शुरु गरेको पढाईको झिल्कोले सिङ्गो राप्ती पहाडका महिलाहरुबीच शिक्षाको प्रकाश विस्तार हुँदैछ।
प्रभावशाली नेतृ कमला राेका।

उत्तम रिजाल, काठमाडौं, मसिर १८ – जब ग्रामीण क्षेत्रका नागरिकको चुल्हो बल्न छोड्छ। जब अन्याय र अत्याचार बढ्दै जान्छ, अशिक्षा र बेरोजगारी चुलिन्छ। जब सामाजिक विभेदको ज्वालाले निमूखा जनतालाई डस्न थाल्छ, तब क्रान्तिको जग बस्छ।

जनताको रक्षक भनिएको राज्य संयन्त्रबाटै सर्वसाधारण प्रताडित हुनु परेपछि नै क्रान्तिको बिजारोपण हुने गर्छ। नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि शुरु गरेको जनयुद्ध पनि राज्य व्यवस्थाबाट भएको विभेदको परिणाम थियो। र, यही समाजको विभेदविरुद्ध लड्न कमला रोकाहरु जस्ता युवा र महिला लामबद्ध भएर जनयुद्धमा सामेल हुन्छन्। 

रोका इतिहास बोकेकी नेतृ हुन्। जनयुद्ध शुरु गर्दा रुकुमको प्रहरी चौकीमाथिको कारबाहीमा उनी पहिलो र एक्लो महिला छापामार थिइन्।

तर, यी क्रान्तिकारी योद्धा अबको समयलाई शान्ति, स्थिरता, सुशासन र राष्ट्रको समग्र विकासका लागि सदुपयोग गर्ने अठोटका साथ प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छिन्। शुभदिनको विशेष श्रृंखला ‘संसदमा पुग्नै पर्ने १० नेता’मा कमला रोका किन? यी हुन् १० कारणः

१, पुरातन सोच, कुरीति, कुसंस्कार पूरानो चिन्तनलाई चुनौती दिएकी महिला नेतृ। जसले परिवारभित्र विद्रोह गरेरै भएपनि पढ्नुपर्छ भन्ने मान्यताको विकास गरिन्। उनको संघर्षबाटै हजारौं महिलाहरुले पढ्न पाए। विद्रोह गरेर पढ्नसक्ने अवस्थामा उनले पुर्याएकी हुन्। कमला रोकाले शुरु गरेको पढाईको झिल्कोले सिङ्गो राप्ती पहाडका महिलाहरुबीच शिक्षाको प्रकाश विस्तार हुँदैछ।

२, महिलाहरुलाई अहिले प्रत्यक्ष चुनावमा लड्नका लागि टिकट पाउन धेरै संघर्ष गर्नुपर्यो। कमला रोका पहिलो चरणको निर्वाचनमा वामगठबन्धनका तर्फबाट ३२ जिल्लाकी एक्ली महिला उम्मेदवार हुन्। त्यसैले पनि महिलाको अधिकार स्थापित गर्न र चुनावमै पनि समान अनुपातमा लड्नुपर्छ भन्ने मान्यताको विकास गर्न कमला रोकाले जित्न आवश्यक छ।

३, खर्चिलो हुँदै गएको चुनावलाई रोक्न मितव्ययी महिला दिदीबहिनीहरु अगाडि आउनुपर्छ। जसको अगुवाई नेतृ कमला रोकाले गरेकी छिन्।

४, महिलाहरुको  आर्थिक अवस्था उकास्न र महिलाहरुलाई आत्मनिर्भर बनाउन लागि, समृद्धितिर उन्मूख गरी सम्पूर्ण हिसाबले आत्मनिर्भर बनाउनका निम्ति आवश्यक नीति–निर्माण गर्न कमला रोकाजस्तै क्रान्तिकारी महिला नेतृ आवश्यक छ। 

५, जनयुद्धका क्रममा शहीद भएका बेपत्ता भएका नागरिकको पक्षमा वकालत गर्न सक्ने। घाइते तथा अपाङ्गता भएकाहरुको पक्षमा संसदमा बोल्न।

६, खेलकुदमन्त्री भएका रोकाले बेला अन्तर्राष्ट्रिय मेडल प्राप्त खेलाडीलाई खेलतर्फ अझै उत्प्रेरित गर्न सक्रिय रहिन्। अन्तर्राष्ट्रिय मेडल प्राप्त खेलाडीहरुलाई राज्यले भविश्यमा उनीहरुको सेवानिवृत्त जीवन सहज बनाउन राज्यले १० देखि १५ लाख रुपैयाँसम्म दिने व्यवस्था गरिन्। 

७, राष्ट्रका लागि ‘खेलकुद स्वास्थ्यका लागि खेलकुद’ अभियानको प्रभावकारी शुरुवात। 

८, प्रत्येक गाउँमा खेलकुद प्रशिक्षण कार्यक्रमको मागअनुसार बजेटको बृद्धि। खेलकुद मन्त्रालयकै बजेट बृद्धि गराउन सफल। 

९, एक स्कूल, एक खेलमैदानको अवधारणा ल्याउने, युवालाई खेलकुद र उद्यमशीलतामा लगाएर रोजगारीको व्यवस्था गर्न पहल गरेकी रोकाले नीतिगत सुधारका काम गरिन्।

१०, नीति निर्माणको तहमा महत्वपूर्ण उपलब्धी महिलाहरुलाई समान सहभागिता गराउन प्रयत्न। संविधानले एक तिहाई मात्रै भनेपनि नीति निर्माण गर्ने हरेक निकायमा महिलाको समान सहभागिताको व्यवस्थाका निम्ति पनि वामआन्दोलनकी सशक्त योद्धा रोका संसदमा पुग्न आवश्यक छ।

त्यही पोसाक लगाएर कक्षा–५ मा भर्ना हुन पुग्दा कमलालाई लागेको रहेछ, ‘यो दिन नै मेरो जीवनको कोशेढुङ्गा हो।’

विद्रोह गरेर स्कूल 

नेकपा माओवादी केन्द्रकी प्रभावशाली नेतृ कमला रोकाको जन्म २०३२ मा भएको हो। आमा जोखीमाया र बुवा अमरसिंह रोका हुन्। ग्रामीण परिवेश र मध्यम वर्गीय परिवारकी कमला स्कूल जान पाइनन्।

बुवाआमाले स्कूल नपठाएपछि उनले विद्रोह गरिन्। मेलापात घाँसदाउरासँगै प्रौढ अध्ययन शुरु गरिन्। वि.सं. २०४७ सालमा उनी स्थानीय हिमालय स्कूलमा कक्षा–५ मा भर्ना भइन्।

त्यसअघि नै कमलाको विवाहको तयारी भएको थियो। ११ वर्षको उमेरमै ग्रामीण परम्पराअनुसार आमाबुवाले उनको विवाह निश्चित गरिसकेका थिए। ‘तर, म बराण्डामा रोएर बसेँ, मरेपनि विवाह नगर्ने अडान लिएपछि बाटो मोडियो,’ नेतृ रोकाले शुभदिनसँग भनिन्। 

स्कूल पढ्दा नै रोका गणेशमान पुन र कृष्णसेन इच्छुकजस्ता नेताबाट प्रशिक्षित भएकी थिइन्। दाजु पढ्ने आफू घाँसदाउरा र घरको कामै व्यस्त हुनुपर्ने बाध्यताका बीच उनी पढ्दै गइन्।

वि.सं. २०४७ साल जेठमा महिला संगठनमा सचिवको जिम्मेवारी पाएकी कमला रोकाले राति १२–१ बजेसम्म दियालोको उज्यालोमा पढ्ने गरिन्।

 

पोखरा पढ्ने दाईलाई ‘तपाई चाँहि पोखरा क्याम्पसमा पढ्ने मलाई चाँहि किन नपएढाको? तपाई जस्तो शिक्षित मान्छेले छोरा र छोरीलाई किन विभेद गर्नुभएको?’ जस्ता प्रश्न गरेर उनले चिठ्ठी लेखिन्।

आमाबुवालाई सम्झाइँदिन अनुरोधसहितको चिठ्ठी पाउँदा उनका दाजुले शुरुमा पत्याएनछन्। ‘तर, पढ्ने इच्छा कहिल्यै मरेन, मैले कहिल्यै हिम्मत हारिँन, पढ्न खोजीरहे र मैले पनि एसएलसी पास गरे,’ उनले भनिन्।

ग्वालाको काम गरेर र ढुङ्गा बोकेर स्कूल ड्रेस किनेकी थिइन् कमलाले। त्यही पोसाक लगाएर कक्षा–५ मा भर्ना हुन पुग्दा कमलालाई लागेको रहेछ, ‘यो दिन नै मेरो जीवनको कोशेढुङ्गा हो।’

र, त्यो दिन वास्तवमै कमलाका लागि कोशेढुङ्गा सावित भयो। एसएलसीपछि कमलाले मनोहर बहुमुखी क्याम्पसबाट आइए पास गरिन्। र, राजनीतिक अभियानको व्यस्तताका बाबजुद उनले स्नातक तहको पढाई अघि बढाइरहेकी छिन्। 

वि.सं. २०६३ सालमा अन्तरिम विधायक सदस्य, वि.सं. २०६४ मा समानुपातिक सांसद्। वि.सं. २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला युवा तथा तथा खेलकुदमन्त्री भइन्।

पहिलो महिला छापामार योद्धा

वि.सं. २०५२ फागुन १ गतेबाट पूर्णकालिन कार्यकर्ता भएर माओवादी जनयुद्धमा सामेल भएकी नेतृ कमला रोकाले वि.सं. २०४९ देखि स्कूलमा पढ्दा नै राजनीति शुरु गरेकी हुन्।

२–३ महिना पढेर परीक्षा दिने, पार्टीमा काम गर्ने नेतृ रोका विद्यार्थी सहसंयोजकको जिम्मेवारीमा रहेकी थिइँन्। त्यसपछि जिल्लास्तरको लडाकू दल स्पेसल फोर्सको जिल्ला सदस्य भइँन्।

वि.सं. २०५३ सालमा पार्टी जिल्ला सदस्य समिति, संगठन इञ्चार्ज, त्यसपछि वि.सं. २०५५ मा सालमा रुकुम पार्टी ब्यूरो क्षेत्र उपप्रमुख, संयोजक, प्यूठान जिल्लाको इञ्चार्ज लगायतका विभिन्न जिम्मेवारीमा रहिन्।

वि.सं. २०५४ सालमा नेपालगञ्जबाट गिरफ्तार भएपछि नेतृ रोका २ साता हिरासतमा बसिन्। ‘२ सातापछि तारिखमा छुटें, र, फिल्डमा  गएँ,’ उनले भनिन्। सँगै पक्राउ परेको गणेशमानले ४ वर्षसम्म जेलमा बस्नु पर्यो। २०५७ सालमा माओवादी छापामारले मुक्त गराएका हुन्। 

वि.सं. २०६१ सालमा ९५ जनाको केन्द्रीय समिति निर्माण गर्दा उनी केन्द्रमा पुगिन्। रोका रुकुम र रोल्पा जिल्लाका गाविसलाई आधार बनाएर स्पेशल जिल्ला बनाएको थियो, जसको स्पेशल इञ्चार्ज, २०६२ सालमा फौजीकरण भएपछि जनसेनाको बिग्रेड कमाण्डर भएर गण्डक अभियानमा आएकी हुन्।

उनी त्यसपछि पाल्पा, बुटवल, नवलपरासी र कास्कीका भिडन्तहरुमा सहभागी भइँन्। जनसेनाबाटै शुरु भएको जनयुद्धको रोकाको यात्रा अन्त्य पनि जनसेनाकी कमिसारको रुपमा भयो।

वि.सं. २०६३ सालमा अन्तरिम विधायक सदस्य, वि.सं. २०६४ मा समानुपातिक सांसद्। वि.सं. २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला युवा तथा तथा खेलकुदमन्त्री भइन्।

र, अहिले पार्टीको केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय महिला विभाग इञ्चार्ज र पूर्वी रुकुम प्रतिनिधि सभाकी उम्मेदवार हुन्।


 

More form the Internet

loading...