Suvadin, Home

वामअान्दाेलनका प्रेरक याेद्धा
समृद्ध भक्तपुरका निर्माता नारायणमान बिजुक्छे संसदकाे राजनीतिबाट टाढा

भक्तपुरकाे चाैडा सडक, शिक्षा र स्वास्थ्यमा रहेकाे सहजता अादि असल र सक्षम नेतृत्व तथा जनउत्तरदायी प्रशासनका नमूना हुन्। तर, यसरी भक्तपुरलार्इ मुलुककै नवीनतम् उदाहरणका रुपमा पुर्याउन याेगदान दिने व्यक्ति चाहिँ संसदीय अंकगणितमा सानाे भनिएकाे दल नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (कामरेड राेहित) हुन्। 
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेतृ अनुराधा थापामगर।

उकिता दाहाल, भक्तपुर कात्तिक १७ – उपत्यकामा सबैभन्दा पारदर्शी प्रशासन र स्वच्छ व्यवस्थापन भएकाे जिल्ला कुन हाे भनेर कसैले प्रश्न गरे उत्तर 'भक्तपुर' भनेर अाउछ।

भक्तपुरकाे चाैडा सडक, शिक्षा र स्वास्थ्यमा रहेकाे सहजता अादि असल र सक्षम नेतृत्व तथा जनउत्तरदायी प्रशासनका नमूना हुन्। तर, यसरी भक्तपुरलार्इ मुलुककै नवीनतम् उदाहरणका रुपमा पुर्याउन याेगदान दिने व्यक्ति चाहिँ संसदीय अंकगणितमा सानाे भनिएकाे दल नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (कामरेड राेहित) हुन्। 

कर्णालीमा रहेकाे पार्टीकाे बिरासत भक्तपुरमै सीमित भएपनि कामरेड राेहित निरन्तर अाफ्नाे परिधिका जनताकाे पक्षमा लडिरहेका छन्। पार्टीमा कार्यकर्ताकाे उत्पादनमा पनि उनी नेपाली वामअान्दाेलनमा लामाे इतिहास बाेकेका एमाले र माअाेवादीभन्दा अघि छन्।

राेहितले युवालार्इ अगाडि सारेका छन्। र, संसदमा हुँदा पनि उनी अाफू नबाेलेर दाेश्राे पुस्ताका नेताहरु प्रेम सुवाल, अनुराधा थापामगर लगायतलार्इ अघि सार्ने गर्छन्।

नेपाल मजदुर किसान पार्टीलार्इ जनमुखी बनाएका उनै नारायण मान बिजुक्छे अब संसदीय राजनीतिबाट टाढा रहने भएका छन्। राजनीतिबाट सन्यास नलिएपनि संसदीय खेलबाट चाहिँ उनी बिदा हुने भएका छन्। आसन्न प्रतिनिधिसभाकाे निर्वाचनमा उनले उम्मेदवारी दिएनन्।

भक्तपुर-१ मा लगातार पाँच पटक चुनाव जितेका अध्यक्ष रोहितले त्यस क्षेत्रका लागि धेरै योगदान दिएका छन्। भक्तपुर जिल्लाकै लागि शिक्षा, स्वास्थ्य तथा नेवारी भाषा र समुदायका विकासमा महत्वपुर्ण भूमिका खेलेका रोहित भक्तपुरबासीका लागि सर्वकालीन नेता हुन्।

आफ्नो निजी र पार्टीगत स्वार्थभन्दा माथि उठेर सधैं जनताका लागि डटिरहने रोहितले समाजसेवाबाटै आफ्नो पार्टीलार्इ स्थापित गरेका हुन्। यसपाली नेमकिपाका सचिव प्रेम सुवालले भक्तपुर-१ बाट उठ्दैछन्।

राेहित प्रेम सुवाललार्इ प्रतिनिधिसभाका लागि बाटाे खुला गरेका हुन्। चुनावमा नउठेपनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीतिमा सक्रिय रहिरहने उनले बताएका छन्। 

राेहितले वामपन्थी राजनीतिमा सक्रिय रुपमा रहने बताउँदै अहिले गरिएकाे नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाे वामगठबन्धन सत्ताका लागि मात्रै रहेको टिप्पणी गरेका छन्।


 

More form the Internet

loading...