Suvadin, Home

बुधबार लेखा समिति निर्वाचन

सोमबार बसेको समिति बैठकले लामो समयदेखि रिक्त रहेको सभापति चयनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो। तत्कालीन सभापति जनार्दन शर्मा उर्जामन्त्री नियुक्त भएलगत्तै रिक्त रहेको समितिमा ज्येष्ठ सदस्यको हैसियतमा तमलोपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले बैठकको सभापतित्व गर्दै आएका छन्।

काठमाडाैं, पुस २५


व्यवस्थापिका संसदको सावजनिक लेखा समिति सभापतिको निर्वाचन आगामी बुधबार हुने भएको छ।

सोमबार बसेको समिति बैठकले लामो समयदेखि रिक्त रहेको सभापति चयनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो। तत्कालीन सभापति जनार्दन शर्मा उर्जामन्त्री नियुक्त भएलगत्तै रिक्त रहेको समितिमा ज्येष्ठ सदस्यको हैसियतमा तमलोपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले बैठकको सभापतित्व गर्दै आएका छन्।

मिनी संसदको रुपमा रहेको सार्वजनिक लेखा समिति लामो समयदेखि नेतृत्वबिहीन हुँदा पनि संसद सचिवालयले सभापतिको निर्वाचन गर्न चासो नदेखाएको भन्दै विभिन्न सांसदहरुले पटक पटक सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराउँदै आएका थिए।

पछिल्लो समय  लेखा समिति निष्कृय हुँदा राज्यका हरेक निकायको आर्थिक गतिविधि छलफलका लागि संसदमा प्रवेश पाएको छैन। प्रमुख प्रतिपक्षी दलले समितिको नेतृत्व लिने संसदीय परम्परा रहि आएको छ।


 

More form the Internet

loading...