Suvadin, Home

विप्लवका कार्यकर्ताद्धारा काँग्रेस वडा सदस्य उम्मेदार अपहरण

फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पतङ्वा लिम्बु अपहरणमा परेका हुन्। विप्लवका कार्यकर्ताले उनलाई घरबाटै अपहरण गरेको परिवारका सदस्यहरुले बताएका छन्।
ताप्लेजुङ जिल्लाको नक्सा।

काठमाडौं, असार ४–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ताप्लेजुङमा नेपाली कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण गरेका छन्।

फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पतङ्वा लिम्बु अपहरणमा परेका हुन्। विप्लवका कार्यकर्ताले उनलाई घरबाटै अपहरण गरेको परिवारका सदस्यहरुले बताएका छन्।

मनकुमारका काका विप्लव समूहका नेता हुन्। अपहरणमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...