Suvadin, Home

स्थानीय तहकाे निर्वाचन
चुनावमा बम आतंक

दोस्रो चरणको निर्वाचन सुरु हुन एक दिन बाँकी रहदा ३५ जिल्लाका विभिन्न क्षेत्रमा बम आतंक देखिन थालेको छ। निर्वाचन विथोल्न सक्रिय रहेको विप्लव लगायतका अन्य समूहले विभिन्न ठाउँमा बम राख्दा जनजीवन त्रसित बनेको छ भने सुरक्षा व्यवस्थामा समेत थप चुनौती थपिएको छ।
धनगढीमा आफैले बोकेको बम विष्फोट भएपछि उद्धार गदैं प्रहरी।

काठमाडौं, असार १३ –दोस्रो चरणको निर्वाचन सुरु हुन एक दिन बाँकी रहदा ३५ जिल्लाका विभिन्न क्षेत्रमा बम आतंक देखिन थालेको छ। निर्वाचन विथोल्न सक्रिय रहेको विप्लव लगायतका अन्य समूहले विभिन्न ठाउँमा बम राख्दा जनजीवन त्रसित बनेको छ भने सुरक्षा व्यवस्थामा समेत थप चुनौती थपिएको छ। 

कुन–कुन ठाउँ भेटिए बम 

१)प्रदेश नम्वर १ को सुनसरी र झापाका विभिन्न  क्षेत्रमा बम फेला परेका छन्। झापाका दुई उम्मेदारको घरमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ। दमक नगरपालिकाका मेयर पदका माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरी र कचनकवल गाउँपालिकाका अध्यक्षका एमाले उम्मेदवार शेरबहादुर खत्रीको घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेको हो।दमकमा बिहान पौने ५ बजेतिर तथा कचनकवलमा सोमबार राती ८ बजेतिर शंकास्पद वस्तु फेला परेको हो ।

दुवै स्थानमा तार जडान गरी कालो प्लाष्टिकले बेरेर राखेको अवस्थामा बम जस्तो वस्तु फेला परेको हो।त्यस्तै, सुनसरीको धरान उपमहानगरपालिका– ८ मा बम जस्तो शंकास्पद बस्तु फेला परेको छ ।

शंकास्पद वस्तु बम हो वा होइन भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी मोरङको बुढीगंगा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय नेमुवा नजिकै मंगलबार विहान बम फेला परेको छ। बुढीगंगा–४ मा रहेको प्रहरी कार्यालयबाट लगभग २० मिटरको दूरीमा कोसीराजमार्गको पूर्व पट्टी बम फेला परेको हो।

२) प्रदेश नम्वर ५ अन्तर्गत दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा तीनवटा बम फेला परेको छ। कांग्रेसका तुल्सीपुर उपमहानगरपालिका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम राखिए पनि नेपाली सेनाले डिस्फोज गरेको छ। 

३) प्रदेशन नम्वर ७ कैलालीको धनगढी उपमहानगरपालिकामा आफैले बोकेको बम पड्किएर विप्लवका कार्यकर्ताको मृत्यु भएको छ। प्रहरीका अनुसार निर्वाचन विथोल्ने उद्देश्यले सोमबार राती बम बोकेर मतदान केन्द्र तर्फ जाने क्रममा बम पड्किएर चन्द्रबहादुर सिंहको मृत्यु भएको हो। नेपाली काँग्रेसको तर्फबाट घोडाघोडी नगरपालिका उपमेयर पदका उम्मेदवार हेम बहादुर बमको घर नजिक बम विष्फोट भएको छ। 
 


 

More form the Internet

loading...