Suvadin, Home

धनकुटाका ७ वटै स्थानीय तहमा एमाले

नेकपा एमालेले धनकुटा जिल्लाका ७ वटै स्थानीय तह जितेर कांग्रेस राप्रपा र संघीय समाजवादी फोरम गठबन्धनलाई पराजित गर्दै एमालेले कब्जा गरेको छ। एमालेले मेयर उपमेयर सहित ४२ वटा वडाध्यक्ष समेत जितेको छ।
धनकुटा नगरपालिका।

काठमाडौं,असार १८– नेकपा एमालेले धनकुटा जिल्लाका ७ वटै स्थानीय तह जितेर कांग्रेस राप्रपा र संघीय समाजवादी फोरम गठबन्धनलाई पराजित गर्दै एमालेले कब्जा गरेको छ। एमालेले मेयर उपमेयर सहित ४२ वटा वडाध्यक्ष समेत जितेको छ।

यो जितसँगै धनकुटा जिल्ला सभा समेत एमालेको बन्ने भएको छ।  मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नेकपा एमालेका चिन्तन तामाङ ४ हजार ९३३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका  निकटम प्रतिद्न्द्वी कांग्रेसका दिनेश राईले ४ हजार ८१९ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी शकुन्तला बस्नेतले ५ हजार ११२ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटम प्रतिद्न्द्वी कांग्रेसकी रेणु श्रेष्ठले ३ हजार ३९२ मत प्राप्त गरेकी छन्।

 पाख्रीबास नगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष र सबै सदस्यहरुमा एमालेका उम्मेदवार विजय भएका छन्। एमालेका बिर्खबहादुर राईले ४ हजार ४३९ मत प्राप्त गरि मेयरमा विजयी भएका छन्।

 उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी ईन्दिरा थापाले एक हजार ६२८ मत मात्रै प्राप्त गरेकी छन्।  यसैगरी उपमेयरमा नेकपा एमालेकी   देवकला पौडेल तिम्सिनाले ४ हजार ४२६ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्न्द्वी कांग्रेसका ज्ञानबहादुर गुरुङले एक हजार ८३३ मत प्राप्त गरेका छन्।  

महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका पर्शुराम नेपालले ४ हजार ८९७ मत प्राप्त गरी विजयी भएका छन्।  उनलका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अग्नी पौडेलले ३ हजार १७६ मत प्राप्त गरिन्।  उपमेयरमा एमालेकै मञ्जु अधिकारीले ४ हजार ५२४ प्राप्त गरी विजयी भएकी छन्। उनका निकटम प्रतिद्न्द्वी राप्रपाका महेन्द्र निरौलाले २ हजार १५६ मत प्राप्त गरेका छन्।  

नगरमा राप्रपा र कांग्रेसको तालमेल थियो।   छ थर जोरपाटी गाउँपालिमामा एमालेका शेरबहादुर लिम्बुले ३ हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन्।  उनका निकटम प्रतिद्वन्द्वी माओबादी केन्द्रका विष्णु पारघरीले १ हजार ५३१ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि एमालेकी भीमकला श्रेष्ठले ३ हजार २८९ मत प्राप्त गरी विजय भएका छन्।  

उनका निकटम प्रतिद्वन्द्वी  माओवादी केन्द्रकी गीता लिम्बु खेवाले २ हजार ७३ मत प्राप्त गरेका छन्।  खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकामा एमालेका उमनोज राईले ४ हजार ५४ मत प्राप्त गरि विजयी भएका छन्। उनका निकटम प्रतिद्न्द्वी माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५७९ मत प्राप्त गरेका छन्।

 यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकी  रत्नश्वरी राईले ३ हजार ९१६ मत  प्राप्त गरी विजयी भएकी छन्।  उनका निकटत प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामकुमारी राई १ सय ५३४ मत प्राप्त गरिन ।  चौविसे गाउँपालिकामा एमालेका खजिन्द्र राईले ३ हजार ७८२ मत प्राप्त गरि अध्यक्ष विजयी भएका छन् ।

 उनका निकटम प्रतिद्न्द्वी नेपाल कांग्रेसका हर्क चेम्जोङले ३ हजार २७९ मत प्राप्त गरेका छन्।  उपाध्यक्षमा पनि नेकपा एमालेकी  यज्ञकुमारी रुचालले ३ हजार ६९६ मत  प्राप्त गरी विजयी भएकी छन्।  उनका निकटतम प्रतिद्न्द्वी संघीय समाजवादी  फोरमका उपेन्द्र लावतीले २ हजार ६९९ मत प्राप्त गरेका छन्। 


 

More form the Internet

loading...