Suvadin, Home

बैतडीको पुर्चौडी नपामा माओवादी विजयी 

बैैतडीको पुर्चौडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ। पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी भएको हो।
माओवादी केन्दको झण्डा।

काठमाडौं, असार १८– बैैतडीको पुर्चौडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ। पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी भएको हो।

मेयरमा माओवादीका रणबहादुर कुँवर ४ हजार ४ सय ४६ मत ल्याएर विजयी भएका छन्। कुँवरले नेपाली नेपाली काङ्ग्रेसका दीपक बमलाई ३ सय ३५ मतले पराजित गरेका हुन् ।

 त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी जानकी बम विजयी भएकी छन्। 
उनले ४ हजार ९ सय ८४ मत ल्याएकी छन्।  बमकी प्रतिद्न्द्ी एमालेकी जानकी साउदले ३७८७ मत ल्याइन् ।

बैतडीका दशवटा तहमध्ये नेपाली कांग्रेस ३ नगर र ३ गाउँपालिका गरी ६ स्थानीय तहमा विजयी भएको छ भने एमालेले ३ गाउँपालिकामा जित हात पारेको छ ।

 


 

More form the Internet

loading...