Suvadin, Home

विराटनगर महानगरमा कांग्रेसको अग्रता, एमालेलाई फोरम पछ्याउँदै 

विराटनगर महानगरपालिकाको ६ दिनदेखि जारी मतगणनामा नेपाली कांग्रेसले मेयर र उपमेयरमा सुरु देखिकै अग्रता कायमै राखेको छ।
विराटनगर गेट।

काठमाडौं,असार २०–विराटनगर महानगरपालिकाको ६ दिनदेखि जारी मतगणनामा नेपाली कांग्रेसले मेयर र उपमेयरमा सुरु देखिकै अग्रता कायमै राखेको छ। कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुली र उपमेयरका उम्मेदवार इन्दिरा कार्कीले आफ्ना प्रतिद्न्दी भन्दा करिव २ हजार ३ सय बढीको अग्रता कायम गरेको छ।

विराटनगरको आदर्श माविमा भइरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार कांग्रेसका मेयरका उम्मेदवार पराजुलीले ७ हजार ६ सय ९९ र उपमेयर कार्कीले ६ हजार ६ सय २८ मत ल्याई अग्रता कायम गरेको छ। उनका प्रतिद्न्दी नेकपा एमालेका मेयरका उम्मेदवार विनोद ढकालले ५ हजार ३ सय ४१ र उपमेयरमा नेपाल लोकतान्त्रिक फोरमकी ३ हजार १ सय ४ मत ल्याएकी छन्।

संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार उमेश यादवले ५ हजार १ सय ४६ र उपमेयरका माओवादीकेन्द्रकी नमिता न्यौपानेले ३ हजार ३ सय ६१ मत ल्याएकी छन्। कांग्रेसका मेयरका उम्मेदवार पराजुली आफ्ना निकटम प्रतिद्न्दी एमालेका ढकाल भन्दा २ हजार ३ सय भन्दा बढीको मतान्तर छ। एमालेका ढकाललाई भने फोरमका यादवले तीव्र पछ्याइरहेको छ।


 

More form the Internet

loading...