Suvadin, Home

एमाले र माओवादी केन्द्रले उपप्रमुखमै सिमित 
काँग्रेस कैलालीको प्रमुख पदमा २ जना महिला उम्मेदार 

काग्रेसले घोडाघोडी नगरपालिकाको मेयर पदमा रीता कुमारी चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा गंगा देवी चौधरीलाई उम्मेद्वार बनाएको छ।
कैलाली जिल्लाको नक्सा ।

काठमाडौं, असार २ –दोस्रो चरण अन्तर्गतको स्थानीय तहको निर्वाचनमा दुई जना महिला मात्रै प्रमुख पदको उम्मेदार बनेका छन्। कैलालीमा नेपाली काग्रेसले मात्रै प्रमुख पदमा २ महिललाई उम्मेद्वार बनाएको छ भने दोस्रो ठुलो दल नेकपा एमाले र माओवादी केन्द्रले महिलालाई उपप्रमुखमै खुम्च्याएका छन्।


हालसम्म टुङगो लगाएका कुनै पनि राजनीतिक दलले कैलालीमा महिलालाई मेयरको उम्मेदार नबनाएका बेला काग्रेसले भने केही दिन अघि १३ वटै स्थानीय तहका उम्मेद्वारको टुङगो लगाउँदै घोडाघोडी नगरपालिका र जानकी गाउपालिकामा महिललाई प्रमुख पदमा दिएको हो। 


काग्रेसले घोडाघोडी नगरपालिकाको मेयर पदमा रीता कुमारी चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा गंगा देवी चौधरीलाई उम्मेद्वार बनाएको छ। महिलालाई उपप्रमुखमा खुम्च्याएका राजनितिक दलले वडा अध्यक्षमा पनि महिललाई स्थान दिएको पाईदैन।

१ उपमहानगरपालिका, ६ नगरपालिका ६ गाउँपालिकाका रहेको कैलालीका केही वडामा मात्रै महिलालाई वडाध्यक्षको उम्मेद्वार बनाईएको छ। राजनीतिक दलका नेताहरुले राजनितिमा चासो र अर्को पार्टीको प्रतिस्पर्धिलाई टक्कर दिन सक्ने महिला उम्मेद्वार नभएका कारण महिलालाई उपप्रमुखमा सिमित राख्नु परेको बताएका छन्। 


प्रमुख पदमा महिला उम्मेद्वारको संख्या न्युन रहेपनि थारु उम्मेद्वारको उपस्थित भने सन्तोषजनक रहेको छ । महिलालाई प्रमुख पदको उम्मेद्वारमा नउठाएको माओवादी केन्द्रले जिल्लामा सवैभन्दा बढी थारु उम्मेद्वारलाई प्रमुख पदको उम्मेद्वार चयन गरेको छ भने नेपाली काग्रेसले ५ तथा एमालले ४ स्थानीय तहमा प्रमुख उम्मेद्वार थारुलाई उम्मेद्वार बनाएको।


माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा रामसमझ राना, भजनी नगरपालिकाको प्रमुखमा शेरबहादुर थारु, घोडाघोडी नगरपालिकाको प्रमुखमा लक्ष्मण चौधरी, जोशीपुर नगरपालिकाको अध्यक्षमा भक्त थारु, कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा फुलराम थारुलाई उम्मेदवार बनाएको छ।

यस्तै, नेपाली काँग्रेसले घोडाघोडी नगरपालिकामा रीता कुमारी चौधरी र जानकी गाउपालिकामा गंगा देवी चौधरी, वर्दगोरिया गाउँपालिकाको प्रमुखमा बलिराम चौधरी, कैलारी गाउपालिका प्रमुखमा रामसमझ चौधरी र जोशीपुर गाउँपालिकाका प्रमुखमा रामकृष्ण चौधरीलाई काँग्रेसले स्थानीय तहको चुनावमा उम्मेद्वार बनाएको छ।
एमालेले घोडाघोडी नगरपालिकामा ममता प्रसाद चौधरी, जानकी गाउापालिकाको प्रमुखमा जगत बहादुर चोधरी, जोशीपुर गाउँपालिकाको प्रमुखमा प्रेमलाल चौधरी र कैलारी गाउँपालिका प्रमुखमा रामप्रसाद चोधरीलाई उम्मेद्वार बनाएको छ।
 


 

More form the Internet

loading...