Suvadin, Home

काठमाडौंकाे शंखरापुर मेयरमा एमालेका सुवर्ण श्रेष्ठ विजयी

महानगरसहित ११ नगरपालिका रहेकाे काठमाडौं जिल्लामा  नेकपा (एमाले) ले  विजयी सुरूवात गरेकाे छ। काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका हुन्। 
शंखरापुर नगरपालिकाको मेयरमा विजयी सुवर्ण श्रेष्ठ ।

काठमाडाैं, जेठ ३–महानगरसहित ११ नगरपालिका रहेकाे काठमाडौं जिल्लामा  नेकपा (एमाले) ले  विजयी सुरूवात गरेकाे छ।
काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका हुन्। 

श्रेष्ठ  चार हजार अाठ सय ३३ मत ल्याएर मेयरमा विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शंकर तिवारीले दुर्इ हजार नाै सय ५० मत मात्र प्राप्त गरे।  माओवादी केन्दबाट मेयरका उम्मेदवार कृष्णराज सुवेदीले दुर्इ हजार चार सय ३७ मत पाए।

उपमेयरमा पनि एमालेले नै जित हासिल गरेकाे छ। उपमेयरमा एमालेकी शुक्रलक्ष्मी श्रेष्ठ चार हजार पाँच सय एक मतसहित विजयी भइन्।  कांग्रेसकी मञ्जु खड्काले  दुर्इ हजार  नाै सय ११ मत मात्पार पाइन्।  


 

More form the Internet

loading...