Suvadin, Home

भरतपुर प्रकरणमा आज सर्वोच्चमा बहस हुँदै

भरतपुर महानगरमा मतपत्र च्यातिएको प्रकरण निर्वाचन आयोगले निर्णयविरुद्ध परेको रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाई हुँदैछ।
सर्वाेच्च अदालत।

काठमाडाैं, जेठ २२–भरतपुर महानगरमा मतपत्र च्यातिएको प्रकरण निर्वाचन आयोगले निर्णयविरुद्ध परेको रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाई हुँदैछ।

भरतपुरमा १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध  एमालेका वडा सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको रिटमा आज सुनुवाई हुन लागेको हो। रिटको पेशी न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ। 

रिट निवेदकले च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना गर्न गराउन उत्प्रेषणयुक्त परमादेशको माग गरिएको छ।

 
 


 

More form the Internet

loading...