Suvadin, Home

भाईविरुद्ध दाजु, ससुराविरुद्ध बुहारी चुनावी प्रचारमा
सहोदर दाईभाईबीच बोली किन बन्द भयो ? 

स्थानीय तहको निर्वाचन नजीकिदै गर्दा गुल्मीका केही परिवार बीचको सम्वन्ध खटपट बन्दै गएको छ। लामो समय देखि एक आपसमा पारिवारीक सम्वन्ध र घरायसी कामकाज हुने भएपनि स्थानीय निर्वाचन नजिकैदै गर्दा एक आपसको कामकाज समेत बन्द भएको हो।
गुल्मीको नक्सा

काठमाडौं, जेठ २४ –स्थानीय तहको निर्वाचन नजीकिदै गर्दा गुल्मीका केही परिवार बीचको सम्वन्ध खटपट बन्दै गएको छ। लामो समय देखि एक आपसमा पारिवारीक सम्वन्ध र घरायसी कामकाज हुने भएपनि स्थानीय निर्वाचन नजिकैदै गर्दा एक आपसको कामकाज समेत बन्द भएको हो।

गाउँमा चुवानवको चलहलपहल भईरहँदा विहानै उठ्ने वितिक्कै भाईका विरुद्ध दाजु चुवानी प्रचार अभियानमा लागेका छन् भने अर्को तर्फ सुसुराका विरुद्धमा बुहारी घरदैलो अभियानमा लागेकी छन्।

मुसीकोट नगरपालिकाको एक वडामा र इस्मा गाउँपालिकाको अर्को वडामा एउटै घरका दाजुभाई र ससुरा बुहारीबीच एउटै पदका लागि फरक–फरक पार्टीबाट चुवानी मैदानमा उत्रिएका छन्। मुसिकोट नगरपालिका वडा नम्वर ४ को वडा अध्यक्षमा नेपाली काँग्रेसबाट यमबहादुर खत्री (केसी) उमेदवार छन् भने नेकपा एमालेबाट उनका सहोदर भाई ओमबहादुर खत्री (केसी) वडा अध्यक्षका उमेदवार छन्।

भाई ओमबहादुर केसी दाई यमबहादुर केसीलाई हराएर छोड्ने दाबी गर्दै प्रचार गरिहरहेका छन् भने यमबहादुर पनि भाईलाई हराएरै छोड्ने ठोकुवा गर्दै आईरहेका छन्। उनीहरुबीच एक आपसमा हुने पारिवारीक सम्वन्ध समेत टुटे जस्तै भएको देखिन्छ। एक अर्कोका विरुद्ध चुनावी मैदानमा उत्रिएका तीनहरुबीच कुनै बोलिचाली समेत छैन।

केसीका पाँच भाई छन्। एउटा भाईको लागि छोरी माग्न जाँदा पाँचै भाई जुटेर गइन्थो, ओमबहादुर खत्री (केसी)ले भने–‘चुनावी प्रतिस्प्रर्धाले गर्दा  माईला दाजुसँग बोलचाल समेत बन्द भएको छ।’ ओमबहादुरका दाजु  यमबहादुरले एक अर्कोका विरुद्ध लागेपछि बोल्नुको कुनै अर्थ नरहेको बताए। ओमबहादुरको घरमा १६ जना सदस्य रहेका छन्। माइला भाई यमबहादुरका पक्षमा जेठा दाजु नामबहादुर र कान्छा भाई रुद्रबहादुरको परिवार सक्रिय छन्।

काईला एमाले उमेदवार ओमबहादुरका पक्षमा साईला पुस्तकबहादुरका परिवार प्रचारमा लागेका छन् । त्यस वडामा करिव १७ सय मत रहेका छन्। उनीहरुका पिता स्वर्गिय भीमबहादुर खत्री पनि तत्कालि जिल्ला पञ्चायतको सदस्य हुँदै लामो समय देखि राजनितीमा होमिएका थिए।

उनकै प्रेरणाबाट उनका माईला छोरा यमबहादुर नेपाली कांग्रेसमा र काईला छोरा ओमबहादुर नेकपा एमालेको सक्रिय राजनीतिमा लामो समय देखि लागेका छन्।

विगतमा पनि पाँचै भाईबीच राजनैतिक कारण तिक्तता आएको देखिन्छ। दाई र भाई मिलेर गाउँमै मेडिकल सञ्चालन गरेका थिए। राजनैतिक कारणले गर्दा मेडिकल व्यवसाय समेत विभाजन भएको छ। मेडिकल राम्रैसँग चलिरहेको अवस्थामा भाई ओमबहादुर नेकपा एमालेको राजनितीमा खुलेर लाग्न थाले पछि दाजु यमबहादुरको मन दुखेर विभिन्न कारण देखाई भाईसँग मिलेर गर्दै आई रहेको मेडिकल व्यवसाय समेत विभाजन भएको छ।

कुनै समयमा जेठा दाजु नामबहादुर खत्री र माईला यमबहादुर नेपाली कांग्रेसमा आबद्ध थिए । साईला पुस्तकबहादुर र काईला ओमबहादुर नेकपा एमालेमा आवद्ध भई रहँदा कान्छा भाई रुद्रबादुर केसी राष्ट्रिय जनमोर्चा हुँदै नेकपा माओवादीमा लागेका छन्। 


 


 

More form the Internet

loading...