Suvadin, Home

आजै राजपासँग निर्णायक वार्ता
कांग्रेस बैठक स्थगित गरेर निर्वाचन आयोगसँग परामर्श गरे प्रधानमन्त्रीले

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको बैठक स्थगित गरेर निर्वाचन आयोगसँग  परामर्श थालेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा।

काठमाडाैं, असार १–प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको बैठक स्थगित गरेर निर्वाचन आयोगसँग  परामर्श गरेका छन्। स्थानीय तहको उम्मेदवारको टुंगो लगाउन कांग्रेसका शीर्ष नेताहरुबीच बिहीबार बिहान ९ बजे बस्ने भनिएको बैठक अचानक स्थगित गरेर परामर्श गरेका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार विहान भएको हो।

बुधबार राजपासँगको वार्तामा निर्वाचन सार्ने विषयमा सत्तापक्षले सहमति जनाएको थिएन। राजपाले प्रदेश नम्बर २ को निर्वाचन सार्नुपर्ने माग गरेको छ।  सरकार र राजपाबीच अाज नै  निर्णायक वार्ता हुने जनाइएकाे छ।

(विहान साढे १० बजे अद्यावधि गरिएको)


 

More form the Internet

loading...