Suvadin, Home

बिहान ८ देखि बेलुका ४ बजेसम्म मनाेनयन दर्ता
स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता सुरू

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार आज  मनोनयन दर्ता हुँदैछ। मनोनयन दर्ता बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म चल्ने  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए।
निर्वाचनकाे तयारीबारे जानकारी दिइँदै।

काठमाडाैं, असार ४–दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार आज  मनोनयन दर्ता सुरू भएकाे छ। 

मनोनयन दर्ता बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म चल्ने  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए।
‘उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन उम्मेदवारहरुसँग हार्दिक अपिल गर्दछु,’ उनले भने।

चार वटा प्रदेशमा यसअघि वैशाख ३१ गते निर्वाचन भइसकेकोमा असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचन हुन लागेको  हो। प्रदेश नम्बर २ को निवाृचन  भने असोज २ गतेका लागि तोकिएको छ।  

असार १४ गते मुलुकका एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुँदैछ। निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ। 

दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदातालाई मताधिकार रहेको छ। दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जानकारी दिएको छ। 
   (बिहान ९: ४० मा अद्यावधि गरिएकाे


 

More form the Internet

loading...