Suvadin, Home

रिटमाथि अाज सर्वाेच्चमा बहस
भरतपुर प्रकरणः निर्वाचन आयोगको निर्णय सदर वा बदर?

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतपत्र च्यातिएको घटना पश्चात निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई  भइरहेको छ।
भरतपुरमा माअाेवादीबाट मेयरका उम्मेदवार रेणु दाहाल र एमालेका देवी ज्ञवाली।

काठमाडाैं, असार ६–चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतपत्र च्यातिएको घटना पश्चात निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई  भइरहेको छ।

उक्त रिटको पेशी कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको छ।
यअसघि रिटको सुनुवाई अन्य मुद्दाको चाप र समय अभावका कारण आजका लागि सारिएको थियो ।सुनुवाई पटक पटक सरेपछि भरतपुर महानगरपालिकाको निर्वाचन अन्यौलमा परेको छ। 

सर्वाेच्चले  निवेदकको माग बमोजिम आदेश जारी गरेमा भरतपुरमा पुनः मतदान गर्ने सम्बन्धी आयोगको निर्णय बदर हुनेछ। तर, अन्तरिम आदेश अस्वीकार गरेमा आयोगको निर्णय कार्यान्वयनका लागि बाधा पर्ने छैन।

मतगणनाको क्रममा जेठ १४ गते वडा नम्बर १९ मा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः  मतगणना गराउने निर्णय गरेको थियो। र, आयोगको उक्त निर्णयविरुद्ध  भरतपुर महानगरका वडा नम्बर १९ का उम्मेदवार गुन्जमान विक  र अधिवक्ता तुलसीराम पाण्डेले  सर्वोच्चमा रिट दायर गरेका थिए।       


 

More form the Internet

loading...