Suvadin, Home

Cover Image

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, अब के हुन्छ?

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाको क्रममा च्यातिएका भरतपुर महानगरपालिका –१९ का का मतपत्र सर्वाेच्च अदालतमा पेश गरिएको छ। मंगलबार बिहान बुद्ध एअरकाृ नियमित उडानबाट ल्याएको मतपत्र मंगलबार नै सर्वोच्च अदालतमा बुझाइएको छ।सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायका अनुसार  मतपत्र भोलि इजलासमा पेस हुनेछ।

काठमाडाै., असार १३–पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाको क्रममा च्यातिएका भरतपुर महानगरपालिका –१९ का का मतपत्र सर्वाेच्च अदालतमा पेश गरिएको छ।

मंगलबार बिहान बुद्ध एअरकाृ नियमित उडानबाट ल्याएको मतपत्र मंगलबार नै सर्वोच्च अदालतमा बुझाइएको छ।सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायका अनुसार  मतपत्र भोलि इजलासमा पेस हुनेछ।

च्यातिएका मतपत्रसँगै मतगणना स्थगित मुचुल्का, गणना स्थगित गर्ने मुख्य निर्वाचन कार्यालयको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन पनि सर्वाेच्चमा पेस गरिएको सहायक मतदान अधिकृत गम्भीर घिमिरेले जानकारी दिए।

मतगणको क्रममा मतपत्र च्यातिएपछि उक्त विवाद निर्वाचन आयोगसम्म पुगेको थियो। निर्वाचन आयोगले वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको थियो।

रिटमाथिको बहसपछि असार ६ गते सर्वोच्च अदालतले मतपत्र पठाउन आदेश दिएको थियो। कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र झिकाउन आदेश दिएको थियो।  
 
 


 

More form the Internet

loading...