Suvadin, Home

कांग्रेसका ‘बागी’ तेस्रोमा हुँदा आधिकारिक चौथोमा सीमित
प्रधानमन्त्रीको गृहजिल्लामा माओवादीको पनि विजयी सुरुवात

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा

डडेल्धुरा, असार १६–प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ।

अजयमेरु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका  उमेश भट्ट र  उपाध्यक्षमा  माओवादीकै कलावती भाँण विजयी भएका हुन्।

उनीहरुले एमालेका धनबहादुर साउद र सुस्मिता पन्तलाई पराजित गरेका हुन्। उक्त गाउँपालिकामा तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार रहन सफल भए भने कांग्रेस चौथा स्थानमा पुगेको छ।

 यसअघि डडेलधुराको अमरगढी नगरपालिकाको प्रमुखमा एमालेका विपिन ओझा विजयी भएका थिए। डडेल्धुराकाे आलिताल गाउँपालिकामा कांग्रेसका वीरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोगटी उपाध्यक्षमा विजयी भएका छन्।

प्रधानमन्त्रीको गृहजिल्लामा एमाले विजयी


 

More form the Internet

loading...