Suvadin, Home

८८ स्थानीय तहको परिणाम
एमाले ४२, कांग्रेस ३०, माओवादी केन्द्र १४ र अन्य दुई तहमा विजयी

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतपरीणाम सार्वजनिक भइरहदा एमालेले अग्रस्थान कायमै राखेको छ। भने कांग्रेस दोस्रो स्थानका साथ एमालेलाई पछ्याइरहेको छ। 
अमरगढीकाे मेयर र उपमेयरमा एमालेका उम्मेदवार विपिन ओझा तथा संगीता भण्डारीको विजयपछि निकालिएको विजय जुलुस । तस्बिर : धनबहादुर भण्डारी। रासस

काठमाडौं, असार १७–दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतपरीणाम सार्वजनिक भइरहदा एमालेले अग्रस्थान कायमै राखेको छ। भने कांग्रेस दोस्रो स्थानका साथ एमालेलाई पछ्याइरहेको छ। 

शनबिार अपरान्हसम्म ८८ स्थानीय तहको मतपरीणाम सार्वजनिक हुँदा एमालेले ४२  स्थानमा विजयी हासिल गरेको छ। कांग्रेसले ३० स्थानमा जित्दा माओवादी केन्द्र भने १४ स्थानका साथ कांग्रेसलाई पछ्याइरहेको छ।

अन्य दलले दुई स्थानमा जितेका छन्।

अन्य प्रदेशमा पछाडि रहेको कांग्रेस प्रदेश नम्बर ७ मा  भने अगाडि छ ।  प्रदेश नम्बर ७ मा कांग्रेसले १६, एमालेले १५ र माओवादी केन्द्रले दुई तहमा जित हासिल गरेको छ। त्यहाँ ८८ स्थानीय तह रहेका छन् । 

प्रदेश नम्बर ५ मा एमाले र माओवादीबीच टक्कर देखिएको छ। एमालेले आठ स्थान जित्दा माओवादी केन्द्रले सात तहमा जित निकालेको छ। कांग्रेसले  भने पाँच तहमा जितेको छ। सो प्रदेशमा अन्य दलले दुई स्थान जितेका हुन्।

प्रदेश नम्बर १ मा एमाले अग्रस्थानमा रहेको छ। त्यहाँ एमालेले १९ स्थानीय तह जित्दा कांग्रेसले नौ तहमा मात्र जित निकालेको छ। माओवादी केन्द्रले भने पाँच तहमा जितेको छ।


 

More form the Internet

loading...