Suvadin, Home

स्थानीय तह निर्वाचन
प्युठानकाे मल्लरानी गाउँपालिकाबाट जनमाेर्चाले खाता खाेल्याे

मल्लरानी गाउँपालिकामा राष्टिय जनर्माेचाले खाता खाेलेकाे छ। मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका उमेदवार अमरध्वज लामा विजयी भएका हुन्।
जनमाेर्चाकाे चुनाव चिन्ह।

काठमाडाैं, असार–मल्लरानी गाउँपालिकामा राष्टिय जनर्माेचाले खाता खाेलेकाे छ। मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका उमेदवार अमरध्वज लामा विजयी भएका हुन्।

यस्तै, उपाध्यक्षमा पनि राष्ट्रिय जनमोर्चाकै सरिता जिसी विजयी भएकी छन्। गाउँपालिकाको १ नम्बर वडामा चिन्तबहादुर राहुँ अध्यक्षमा निर्वाचित भएका छन्। उनी पनि राष्ट्रिय जनमोचाका नेता हुन्।

त्यस्तै २ र ३ नम्बर वडामा विजय हासिल गर्ने लेखबहादुर थापा र गिरिराज पौडेलपनि राष्ट्रिय जनमोर्चाकै उमेदवार हुन्। यस्तै मल्लरानी गाउँपालिका—४ को वडाध्यक्षमा भने कुमार श्रेष्ठ विजयी भएका छन् भने ५ नम्बर वडामा एमालेका रामबहादुर थापा विजयी भएका छन्।


 

More form the Internet

loading...