Suvadin, Home

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्न सकिँदैन् : प्रमुख निर्वाचन आयुक्त

‘असारभित्र हामीले कानुन माग गरेका छौं, १६५ प्रतिनिधि सभाको लागि प्रत्येक सभाको लागि निर्वाचन क्षेत्र निर्धारण साउन १५ गतेभित्र प्राप्त गर्नुपर्नेछ,’ यादवले भने।  
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव।

काठमाडौं,  असार  १७–प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले कानुनी, संवैधानिक र व्यवस्थापकीय दृष्टिकोणले पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्न नसकिने बताएका छन्। 

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता नामावलीको दृष्टिकोणले, व्यवस्थापकीय दृष्टिकोणले र संवैधानिक दृष्टिकोणलेपनि एकै चरणमा दुई वटै निर्वाचन कुनै पनि हालतमा गर्न नसकिने बताएका हुन्।
‘एकै चरणमा दुई वटा निर्वाचन गर्न सकिँदैन, बरु ग्याप थोरै समयको राख्न सकिन्छ,’ उनले भने।

 यादवले यही आउने माघ ७ गतेभित्रै सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले बाँकी निर्वाचनको लागि आयोगले हिजोमात्रै सरकारलाई प्रारम्भिक कार्ययोजना प्रस्तुत गरेको जानकारी दिए । ‘असारभित्र हामीले कानुन माग गरेका छौं, १६५ प्रतिनिधि सभाको लागि प्रत्येक सभाको लागि निर्वाचन क्षेत्र निर्धारण साउन १५ गतेभित्र प्राप्त गर्नुपर्नेछ,’ यादवले भने।
 
यादवले असोजको तेस्रो साता प्रदेशको चुनाव, कात्तिक १५ गतेभित्र राष्ट्रिय सभाको र मंसिरको पहिलो साता प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने मिति अघि सारे।  


 

More form the Internet

loading...