Suvadin, Home

स्थानीय तह निर्वाचनका राेचक १४ घटना
ज्वाइँले जेठानलाई एक मतले हराएदेखि गाेलाप्रथासम्म

स्थानीय तह दाेस्राे चरणकाे निर्वाचनकाे मत परिणाम अाउने क्रम जारी छ। ३५ जिल्लाका ३३४ स्थानीय तह मध्ये साेमबारसम्म २४७  तहकाेकाे मतगणना सार्वजनिक भएकाे छ। तर, दाेस्राे चरणकाे निर्वाचनमा केही यस्ता राेचक घटना भएका छन्। जुन यहाँ उल्लेख गरेका छाैं। 
झापाको कचनकवल गाउँपालिकामा राप्रपाले निकालेको विजयी जुलुसमा सहभागी पार्टीका महासचिव राजेन्द्र लिङ्देन। यस गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा राप्रपाका अञ्जरा आलाम र निम्सरा राजवंशी विजयी भएका छन् । तस्वीरः चन्द्रकला भण्डारी, रासस।

काठमाडाैं, असार १९- स्थानीय तह दाेस्राे चरणकाे निर्वाचनकाे मत परिणाम अाउने क्रम जारी छ। ३५ जिल्लाका ३३४ स्थानीय तह मध्ये साेमबारसम्म २४७  तहकाेकाे मतगणना सार्वजनिक भएकाे छ। तर, दाेस्राे चरणकाे निर्वाचनमा केही यस्ता राेचक घटना भएका छन्। जुन यहाँ उल्लेख गरेका छाैं। 

–कैलालीकाे भजनी नगरपालिका वडा नम्बर- १ मा एमालेका उम्मेद्वार रवीन थापाले १ मतले जिते। तर, पुन: मतगणाना हुँदा रवीनले २० मतले जिते। एमाले उम्मेद्वार थापाले ४ सय ४१ मत प्राप्त गरे, भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका भराेसे चाैधरीले ४२० मत प्राप्त गरेकाे त्यहाँका निर्वाचन अधिकृत पुरूषाेत्तम शर्माले बताए

–अछामको चौरपाटी गाउँपालिकामा  एमालेका हर्कबहादुर साउद १ मतको अन्तरले विजयी भए। अध्यक्षका उम्मेद्वार भीमबहादुर साउदलाई १ मतले हराए। साउदले ३ हजार १ सय ३८ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी  कांग्रेसका भीम साउदले ३ हजार १ सय ३७ मत प्राप्त गरेका थिए।

–दुर्गाखोली गाउँपालिका–३ का अध्यक्षमा कांग्रेसका उम्मेद्वार भीमबहादुर खत्री र माओवादी केन्द्रका झपीराम डाँगीको बराबर मत आउदा गोलाप्रथाद्वारा निर्णय गरिएको छ। जसमा माओवादी  केन्द्रका डाँगी विजयी भए। दुवैको भागमा ४९१ मत परेको थियो।

–रुढीगढी १ माओवादीका मीनबहादुर थापामगर र कांग्रेसका रामशरण रानाभन्दा २ मत बढी ल्याएर वडा अध्यक्षमा निर्वाचित भए।

–बैतडीकाे  डिङलासैनी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षका उम्मेद्वार कर्णबहादुर राना र माअाेवादी केन्द्रका लाेकेन्दबहादुर राना सहाेदर दाजुभाइले पराजित भाेगेका छन्। दुवै दाजुभाइलार्इ उछिन्दै एमालेका उकेन्द्रबहादुर बाेहराले जित हात पारे।

–बैतडीकै पुरचाैंडी नगरपालिका ७ मा वडा अध्यक्षका अम्मेद्वार दुवै बुबाछाेरा पराजित भए। एमालेबाट वडा अध्यक्ष्यका उम्मेद्वार नागी साउँद,बुबा र माअाेवादी केन्द्रका तर्फबाट उज्जवल साउँद छाेरालार्इ पराजित गर्दै कांग्रेसका रामबहादुर एेर निर्वाचित भए।

–ताप्लेजुङकाे  फाेङलीन नगरपालिका ३ मा अाफ्नै दाजुलार्इ हराएर युवराज बराल वडा अध्यक्ष्य बनेका छन्। उनले सहाेदर दाजु राम बराललार्इ ७ मतले पराजित गरेका हुन्।  बराल दाजुभार्इकी अामाले भनेदुवै छाेराहरू प्रति असमान व्यवहार हुने भनेर मतदान नगरेकाे घरपरिवारले बताएकाे छ।

–फक्तालुङ गाउँपालिका ७ अाेलाङचुङगाेलामा कांग्रेसका उम्मेद्वार छेतेन वालुङ १ मतले विजयी भए। उनले नाम थर मिल्ने एमालेका छेतेन वालसङलार्इ पराजित गरेका हुन्। १५८ मत खसेकाेमा छेतेनले ७७ मत पाए भने पराजितले ७६ मत प्राप्त गरे।

–उदयपुरकाे बेलका नगरपालिका वडा नम्बर ४ मा खसेकाे मत भन्दा बढी मतपत्र भेटिएपछि मतगणाना स्थगित भयाे।  १ हजार ७ सय ४८ मतदाताले मतदान गरेकाेमा १ हजार ७ सय ५१ मतपत्र भेटीए पछि मतगणाना स्थगित गरिएकाे हाे। 

–ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा एमालेका भीमबहादुर थापामगर १ मतले पराजित भएपछि एमालेले पुनः मतगणनाको माग गर्याे। एमालेकै माग बमोजिम पुनः मतगणना पनि भयो। पहिलो चरणमा एक मतले पराजित थापामगर अर्काे चरणको मतगणनामा तीन मतले पराजित भए। उनलाई माओवादी केन्द्रका निशान्त शर्माले ३ मतले पराजित गरेका हुन्। शर्माले १९०६ मतसहित विजयी भएका हुन्।

–ओखलढुंगाको सिद्धिचरण—८ सल्लेरीमा एमाले र कांग्रेस उम्मेदवारले बराबरी मत पाएपछि गोलाप्रथा गरियो। गोलाप्रथाबाट वडाध्यक्षका उम्मेदवार कांग्रेसका हेमबहादुर तामाङ विजय घोषित भए। मतगणनामा कांग्रेसका हेमबहादुर तामाङ र बुद्धिमान तामाङले बराबरी ३ सय ४६ मत प्राप्त गरेका थिए। 

–इलाममा सासु बुहारीबीच प्रतिस्पर्धा हुँदा सासुले बुहारीलाई पराजित गरिन। इलामको सन्दकपुर—१ मा एमालेको तर्फबाट उम्मेदवार बनेकी सासु दिलमाया कमिनीले आफ्नी कान्छी बुहारी सीतादेवी विश्वकर्मालाई पराजित गरेकी हुन्। सासुले अत्याधिक बहुमतले त्यो पनि शानदार ढंगले बुहारीलाई पराजित गरिन्। सासुको ३६१ मत आउँदा बुहारीको ३७ मतमात्र आएको थियो।

–धनकुटाको छथर जोरपाटी गाउँपालिका: ज्वाइँ र जेठानबीच रोचक प्रतिस्पर्धा भयो।  परीणामपनि रोचक नै आयो। ज्वाइँले जेठानलाई एकमतले हराए। माओवादी केन्द्रका कृष्णकुमार मगरले ४९९ मत ल्याएर विजयी भए भने एमाले उम्मेदवार इन्द्रबहादुर सारु मगरले ४९८ मत प्राप्त गरे।एकाघरका आफन्तहरु उम्मेदवार हुँदा परिवार दबाबमा रहन्छ।

 


 

More form the Internet

loading...