Suvadin, Home

सुनसरीका १० तहकाे नतिजा: कांग्रेस पहिलाे

सुनसरीको दशवटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। यहाँका १२ स्थानीय तहमध्ये चार नगरपालिका र ६ गाउँपालिका गरी दश स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ भने दुई स्थानीय तहको मतपरिणाम सार्वजनिक गर्न बाँकी रहेको छ। 
कांग्रेसकाे झन्डा।

इनरुवा, असार २२– सुनसरीको दशवटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। यहाँका १२ स्थानीय तहमध्ये चार नगरपालिका र ६ गाउँपालिका गरी दश स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ भने दुई स्थानीय तहको मतपरिणाम सार्वजनिक गर्न बाँकी रहेको छ। 

सार्वजनिक गरिएको दशवटा स्थानीय तहको मतपरिणामअनुसार दुहवी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका बेदनारायण गच्छदार र उपप्रमुखमा सुनिता दाहाल निर्वाचित भएका छन्। 

त्यसैगरी, रामधुनी नपामा नेकाका जयप्रकाश चौधरी प्रमुखमा र नेकपा (एमाले)की सविता चौधरी उपप्रमुखमा, इनरुवा नपामा नेकाका राजन मेहता प्रमुख र जमुनादेवी गौतम पोखरेल उपप्रमुखमा विजयी भएका छन्। 

त्यसैगरी, बराह नगरपालिकामा एमालेका निलम खनाल प्रमुखमा र एमालेकै कमला मगर उपप्रमुखमा विजयी भएका छन्। भोक्राहा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका महेन्द्रप्रसाद यादव अध्यक्षमा र पुनमकुमारी मेहता उपाध्यक्षमा, बर्जु गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका रघुनन्दन चौधरी अध्यक्षमा र सङ्गीताकुमारी राय उपाध्यक्षमा, हरिनगरा गापामा नेकाका गफार अन्सारी मियाँ अध्यक्षमा र रिमझिमकुमारी भगत उपाध्यक्षमा र गढी गापामा नेपाली काँग्रेसका श्रीप्रसाद यादव अध्यक्षमा र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। 

कोसी गाउँपालिकामा नेकाका ऐयुव अन्सारी अध्यक्षमा र अनितादेवी यादव उपाध्यक्षमा तथा देवानगन्ज गापामा नेकाका लालीप्रसाद मेहता अध्यक्षमा र पुनीतादेवी यादव उपाध्यक्षमा निर्वाचित भएकी छन्। 

यस जिल्लामा सार्वजनिक भएको मतपरिणामअनुसार नेकाका दुई नगर प्रमुख र चार गाउँपालिका अध्यक्षमा विजयी भएका छन् भने एमाले एक नगर प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । नेकाले ६ स्थानमा र भोक्राहा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालको अध्यक्ष तथा बर्जु गाउँपालिकाको अध्यक्ष र दुहवी नगरपालिकामा प्रमुख नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट विजयी भएका छन् । 

त्यसैगरी, बराह नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)ले विजय हासिल गरेको छ। यहाँका ६ स्थानमा नेका, दुई स्थानमा नेपाल लोकतान्त्रिक फोरम, एक स्थानमा सङ्घीय समाजवादी फोरम नेपाल र एक स्थानमा नेकपा (एमाले) अध्यक्ष र प्रमुख विजयी भएका छन्।

यसैबीच, धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकामा एमालेको अग्रता रहेको छ। धरानमा दुई दिनदेखि मतणना अवरोध रहेको छ । उता प्रमुखको मतगणना सम्पन्न नभए पनि विभिन्न वडामा भने वडाध्यक्षको परिणाम आएको छ

।रासस 


 

More form the Internet

loading...