Suvadin, Home

विराटनगर महानगरमा कांग्रेसको मतअन्तर फराकिलो

नेपाली कांग्रेस विराटनगर महानगरपालिकामा  एमालेसँगको मतअन्तर फराकिलो बनाउदै लगेको छ। पछिल्लो परिणामअनुसार महानगरमा  कांग्रेसका भीम पराजुलीले १३ हजार २ सय ९१ मत प्राप्त गरेका छन्। उनलाई एमालेका विनोद ढकाल १० हजार ३७ मतका साथ  पछ्याइरहेका छन्।
कांग्रेसबाट मेयरका उम्मेदवार भीम पराजुली।

काठमाडाैं, असार २३–नेपाली कांग्रेस विराटनगर महानगरपालिकामा  एमालेसँगको मतअन्तर फराकिलो बनाउदै लगेको छ।

पछिल्लो परिणामअनुसार महानगरमा  कांग्रेसका भीम पराजुलीले १३ हजार २ सय ९१ मत प्राप्त गरेका छन्। उनलाई एमालेका विनोद ढकाल १० हजार ३७ मतका साथ  पछ्याइरहेका छन्।

संघीय समाजवादी फोरमका उमेश यादव १० हजार ४ मत प्राप्त गरेका छन्।

उपमेयरमा पनि कांग्रेसकै इन्दिरा कार्की ११ हजार ४ सय ९७ मतका साथ अग्रता कायम लिइरहेकी छन्। उनलाई माओवादी केन्द्रकी नमीता न्यौपाने पोख्रेलले ६ हजार ८ सय १२ मतका साथ पछ्याइरहेकी छन्।

एमालेसँग गठबन्धन गरेको फोरम लोकतान्त्रिकका उम्मेद्वार सूची चौधरीले ६ हजार ४ सय ३० मत प्राप्त गरेकी छन्। मतगणना अत्यन्तै सुस्त गतिमा भइरहेको छ। ८० हजार बढी मत खसेकोमा मतदान सम्पन्न भएको ९ दिन बितिसक्दा ५३  हजार मतगणना सम्पन्न भएको छ।


 

More form the Internet

loading...