Suvadin, Home

७१ वर्षे हजुर’बा: उहीलेका प्रधानपञ्च अहिले वडा सदस्य

उमेरले ७१ बसन्तमा रहेका पूर्णकाे जाेश र जाँगर हेर्ने हाे भने वृद्धपनले छाेएकाे छैन। उनी अझै साइकलमा  हिँड्छन। र, हालै मात्र उनी वडा सदस्यमा निर्वािचत भएका छन्। उनी अर्थात पूर्णबहादुर विष्ट।
७१ वर्षीय वडा सदस्य पूर्णबहादुर विष्ट। साैजन्य : भानुभक्त अाचार्य।

काठमाडाैं, असार २५– उमेरले ७१ बसन्तमा रहेका उनकाे जाेश र जाँगर हेर्ने हाे भने वृद्धपनले छाेएकाे छैन। उनी अझै साइकलमा  हिँड्छन। र, हालै मात्र उनी वडा सदस्यमा निर्वािचत भएका छन्। उनी अर्थात पूर्णबहादुर विष्ट।

नेपाल सरकारले ७१ वर्षभन्दा माथिका उमेरका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराउछ। प्रायः जेष्ठ नागरिक घरमै व्यक्तिगत जीवन निर्वाचन गरिरहेका हुन्छन्। तर, कैलालीको घोडाघोडी नगरपालिका–१ का यी जेष्ठ नागरिक (हजुर’बा) भने वडा सदस्यमा निर्वाचित भएका छन्। जनप्रतिनिधि भएका उनलाई अझै समाजका लागि केही गर्ने हटहुटी छ।

लोकतानिन्त्रक गणतन्त्र स्थापनापछि भएको स्थानीय तहको निर्वाचनबाट जनप्रतिनि बनेका ७१ वर्षीय विष्टले मुलुकका हरेक परिवर्तन आँखाले देखेका मात्र छैनन्। परिर्वतनका लागि सडकमा पनि उभिए।
उनी  उनी २०३४ सालकाे निर्वाचनमा  प्रधानपन्चमा निर्वाचित भएका थिए, बाजुराकाे तत्कालिन जगन्नाथ गाविस-२ बाट।त

उनी अहिले एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन्।

 उनीसँग २०३४ भन्दा पछिका वर्षमा भएका चुनावका अनुभव ताजै छन्। विष्ट बाजुराको तत्कालिन जगन्नाथ गाविस वडा नम्बर २ मा जन्मिएका थिए। सोहि ठाउँका प्रधानपञ्च पनि बनेका थिए।

उमेरले पौने सताब्दी लाग्दा उनि भने नयाँ नेपालको नयाँ नीति र नियमसँग घुलमिल चाहेको बताउछन्, उनी। विष्टले सम्झदै भने,‘ २०३४ सालमा यस्ता न्यायिक चुनाव हुन सकेको थिएन। किनकी त्यो समयमा देशमा पञ्च्याती शासन संञ्चालनमा थियो।’

अब राज्यको नीति गाउँघरसम्म पनि यथावत थियो, अझै भन्ने हो भने गाउँमा त झन समस्या हुन्थ्यो। जसको जति क्षमताले भ्यायो त्यसरी नै चुनाव लड्थे। समानुपातिक भन्ने हुदैन थियो, उनी बताउछन्। 

त्यसपछि २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा पनि उनी सहभागी भए।  तर, मतदाताका रुपमा। त्यो निर्वाचन पनि ०३४ सालको जस्तै भयो, बहुदलवादी र राजतन्त्रका बीच प्रतिस्पर्धा भयो। जसमा अलिकता भएपनि जनताले आफ्ना अधिकार पाएकाे उनी बताउछन्। 

२०७४ काे स्थानीय चुनावमा आफूले प्रचारप्रसारमा पनि कृयाशिल भएर लागेको र पार्टीले पनि उच्च सम्मानका साथ टिकट दिएको   उनी बताउछन्।  आफू पनि साइकल चढेर प्रचारप्रसरमा लागेको र सबै वडाबासीलाई आग्रह गरेको बताए। आफ्नो आग्रहलाई उच्च सम्मानका साथ वडा बासीले आफुलाई भोट दिएर सहयोग गरेकोउ नी  बताउछन्। 

जेष्ठ नागरिक  वडा सदस्यमा निर्वाचित भएपछि गाउँमा उनकाे निकै चर्चा छ चर्चालाइ काममा बदल्ने उनको अठोट छ। पहिले भन्दा याे चुनाव निकै न्यायमुखी र समानुपातिक भएको बताउने विष्ट जनताकाे अपेक्षाअनुसार काम गर्ने बताउछन्। 

‘मतदाताले आफूले चाहेको मान्छे वा पार्टी चुन्न पाउनु नै सबै भन्दा ठूलो सफलता हो,’ उनले भने, ‘अहिले निर्वाचन सम्पन्न हुँदै छन्। तर अहिलेसम्म स्पष्ट नीतिहरु निर्माण हुन सकेका छैनन्। वा प्रादेशिक निर्वाचन हुने नहुनेमा नै असतव्यस्त छ।’

 


 

More form the Internet

loading...