Suvadin, Home

धरान उपमहानगरमा एमाले विजयी

सुनसरीको धरान उपमहानगरपालिकामा एमाले विजयी भएको छ। धरान उपमहानगरपालिकाकाे मेेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी विजयी भएका हुन्।
धरान उपमहानगरका मेयर तारा सुब्बा।

सुनसरी, असार २७–  सुनसरीको धरान उपमहानगरपालिकामा एमाले विजयी भएको छ। धरान उपमहानगरपालिकाकाे मेेयरमा तारा सुब्बा र उपमेयरमा मन्जु भण्डारी विजयी भएका हुन्।

मेयरमा निर्वाचित  सुब्बाले २० हजार ९ सय ७५ मत पाउदा  उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका तिलक राई १६ हजार २ सय २ मत पाए।  

भण्डारी  २१ हजार २ सय ५६ मतसहित उपमेयरमा विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी श्यामा रेग्मीले १४ हजार एकसय ९७ मत पाइन्। 


धरान उपमहानगरका २० वटा वडामध्ये एमालेले १४ वटा वडा जितको छ भने पाँचवटा काँग्रेस र एकवटा माओवादी केन्द्रले जितेको छ । 
 


 

More form the Internet

loading...