Suvadin, Home

सर्वोच्चमा लोकमानको योग्यता मुद्दामा बहस जारी 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको योयग्ता सम्बन्धि रिटको शुक्रबारकाे सुनुवाइमा कार्की पक्षका वकिलहरूले बहस गरेका छन्। शुक्रबार ११ बजेदेखि  सुरू भएको बहसमा  कार्की पक्षका वकिलको बहस सकिएर रिट निवेदकको तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेकाे सर्वाेच्चका सहप्रवक्ता विश्वराज पौड्यालले बताए। 
लोकमानसिंह कार्की।

काठमाडौं, पुस २२


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको योयग्ता सम्बन्धि रिटको शुक्रबारकाे सुनुवाइमा कार्की पक्षका वकिलहरूले बहस गरेका छन्। शुक्रबार ११ बजेदेखि  सुरू भएको बहसमा  कार्की पक्षका वकिलको बहस सकिएर रिट निवेदकको तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेकाे सर्वाेच्चका सहप्रवक्ता विश्वराज पौड्यालले बताए। 

बिहीबार कार्कीको तर्फबाट वकिलहरू सुशील पन्त, बाबुराम कुँवर, महादेव यादव, कुमार रेग्मीले बहस गरेका थिए।

उक्त रिटमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा पुस ७ देखि बहस सुरू भएको हो। रिट निवेदकका तर्फबाट अधिवक्ताहरू ओमप्रकाश अर्याल, सुरेन्द्र भणडारी, डा. चन्द्रकान्त ज्ञवालीलगायत एक दर्जनले बहस गरिसकेका छन्।

कार्की पक्षका वकिलहरूले बहस जारी राख्ने गरी बहसको सुनुवाइ ‘हेर्दाहेर्दै’ २१ गतेका लागि सारिएको थियो। गत कात्तिक ५ मा अधिवक्ता अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तिका लागि योग्यता नपुग्ने भन्दै कार्कीविरूद्ध रिट दायर गरेका थिए।


 

More form the Internet

loading...