Suvadin, Home

Cover Image

नेपाल संस्कृत भाषा र साहित्यमा समृद्ध : नेता नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताएका छन् ।

महोत्तरी । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताएका छन् ।

मटिहानीस्थित राजकीय संस्कृत मावि र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)मा अध्ययन गरेका भूतपूर्व संस्कृत विद्यार्थी समाजको जारी प्रथम सम्मेलनमा बोल्दै नेता नेपालले नेपालले संस्कृत भाषा वैज्ञानिक हुनाका साथै ज्ञानको खानी भएको बताएका हुन् ।

बिहान राजकीय संस्कृत विद्यालय परिसर पुगेका नेपाललाई संस्कृत माविका विद्यालयका विद्यार्थीले वैदिक मन्त्रोच्चारणबीच स्वस्तिवाचन गरेर सुनाएका थिए । संस्कृत मावि र विद्यापीठको अवलोकन गरेका नेपाललाई समाजमा आवद्ध दुवै शिक्षालयका पूर्वविद्यार्थीले स्वागत गर्दै संस्कृत शिक्षा उपेक्षित हुँदै गएको गुनासो गरेका थिए ।

सम्मेलनमा सहभागी हुन आएका समाजमा आवद्ध हाल पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. शम्भु कोइरालाले मटिहानीको मुख्य आकर्षण संस्कृत शिक्षा भएको उल्लेख गर्दै यसको संवद्र्धनका लागि नेपालको ध्यानाकर्षण गराएका छन् । 

सम्मेलनका सहभागीसँग वरिष्ठ नेता नेपालले संस्कृतको संरक्षण र संवद्र्धनमा सबै तहका सरकार र प्रवुद्ध वर्गको निरन्तर सहयोग रहनुपर्नेमा जोड दिए । आफ्नो तहबाट यसका लागि उच्चतम प्रयत्न गरिने नेपालले प्रतिवद्धता जनाएका थिए ।


 

More form the Internet

loading...