Suvadin, Home

मन्त्रीहरूले कर्मचारीसँग घुस खान्छन् : नेता नेपाल

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ट नेता माधवकुमार नेपालले मन्त्रीहरूले कर्मचारीसँग घुस खानेगरेको खुलासा गरेका छन् ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ट नेता माधवकुमार नेपालले मन्त्रीहरूले कर्मचारीसँग घुस खानेगरेको खुलासा गरेका छन् । कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेका छन्, उनले भने ।

मन्त्रीहरूले नै यस्तो काम गरेपछि मुलुकको सबै क्षेत्र बिग्रेको नेता नेपालले दाबी छ ।उनले भने, ‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन्,यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ ।’

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कारवाही गर्न पनि सरकारसँग माग गरे । उनले मुलुकमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।


 

More form the Internet

loading...