Suvadin, Home

निकास दिन कांग्रेसकै पहल आवश्यक : नेपाल

प्रेस चौतारी नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरसंवादमा बोल्दै नेता नेपालले त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताए। ‘सरकारलाई गलत कदम चाल्नबाट उहाले रोक्नुपर्छ,’ उनले भने, ‘देउवा पाको नेता भएकाले पनि सरकारलाई सच्याउँदै र सुधार गर्दै लैजानुपर्छ।’
माधवकुमार नेपाल।

काठमाडाैं, पुस २०

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा देखिएको वर्तमान गतिरोधलाई निकास दिन कांग्रेसको अग्रसरता आवश्यक रहेको बताएका छन्।

प्रेस चौतारी नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरसंवादमा बोल्दै नेता नेपालले त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताए। ‘सरकारलाई गलत कदम चाल्नबाट उहाले रोक्नुपर्छ,’ उनले भने, ‘देउवा पाको नेता भएकाले पनि सरकारलाई सच्याउँदै र सुधार गर्दै लैजानुपर्छ।’

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई टुक्र्रयाउने हर्कत गर्दा पनि कांग्रेस हेरेर बस्न नहुने बताए। ‘संविधान संशोधन प्रस्ताव फिर्ता लिँदा सरकारको पनि हित हुन्छ,’ उनको सुझाव थियो, ‘संशोधन प्रस्ताव असफल हुने स्वत स्पष्ट भइसकेकाले फिर्ता वा थाती राखेर अघि बढे सरकारकै पनि हित हुन्।’

उनले मुलुकलाई निकास दिन संविधान संशोधन फिर्ता लिएर अघि बढ्नु नै सर्वोत्तम विकल्प रहेको तर्क गरे। वरिष्ठ नेता नेपालले मुलुकलाई टुक्रयाउने प्रयास सफल हुन नदिने बताए। प्रधानमन्त्री दाहाल र मधेसी मोर्चाप्रति संकेत गर्दै मुलुक टुक्र्याउने प्रयासलाई जनताले सफल हुन नदिने समेत बताए।


 

More form the Internet

loading...