Suvadin, Home

नोबेल शान्ति पुरस्कार विजेता मलालाकाे २० वर्षे यात्रा, यस्ताे छ

एक बालक एक शिक्षक एक किताब र एक कलमले संसार बदल्न सक्छ। यो सत्य साबित र सर्वबिदित भनाइ हो। जसको प्रत्यक्ष उदाहरण हुन  मलाला यूसुफजाई। मलाला यूसुफजाई सबै भन्दा सानाे उमेरमा विश्वबिख्यात नोबेल शान्ति पुरस्कार पाउने  कान्छी मानव अधिकारकर्मी हुन्। सानो उमेरमै प्रसंसनिय र उदाहरणिय काम गरेर  नोबेल पुरस्कार पाएकि मलालाले विश्वमै रेकर्ड राखिन।
 मलाला यूसुफजाई।

काठमाडाैं, असार २८ -  एक बालक एक शिक्षक एक किताब र एक कलमले संसार बदल्न सक्छ। यो सत्य साबित र सर्वबिदित भनाइ हो। जसको प्रत्यक्ष उदाहरण हुन  मलाला यूसुफजाई।

मलाला यूसुफजाई सबै भन्दा सानाे उमेरमा विश्वबिख्यात नोबेल शान्ति पुरस्कार पाउने  कान्छी मानव अधिकारकर्मी हुन्। सानो उमेरमै प्रसंसनिय र उदाहरणिय काम गरेर  नोबेल पुरस्कार पाएकि मलालाले विश्वमै रेकर्ड राखिन।

महिलालाई पनि  अनिवार्य शिक्षा हुनपरछ भन्ने माग  गर्दा गर्दै  आतंककारी तालिबानको गोलीको  शिकार भएकी पाकिस्तानी मलाला आज २० वर्षकी भएकी छन्। उनको जन्म १२ जुलाई १९९७ मा  पाकिस्तानको खैबर पख्तूनख्वाहि प्रान्तको स्वात जिल्लामा भएको थियो।

मलालाका बुवाको नाम जियाउद्दीन यूसुफजाई हो। पाकिस्तानमा तालिबानले  २००७ बाट मे २००९ सम्म स्वातमा कब्जा गरेको थियो। त्यससमयमा तालिबानको डरले त्यहाँका छात्ररुले विद्यालय जान छाडेका थिए। मलाला त्यस समय कक्षा ८ मा पढ्थिन। कक्षा ८ बाटै उनले छात्राले पनि विद्यालय पढन पाउनपर्छ भन्दै तालिवानविरुद संघर्ष गरिन।

सन् २००८ मा तालिवानले पाकिस्तानकाे  स्वात घाटीमा कब्जा गरेको थियो। त्यहाँ उनस्हरुले  डीवीडी, डान्स र  ब्यूटी पार्लरमा समेत बन्देज लगाएको थियो। २००८ सालको अन्तिम सम्ममा पाकिस्तनमा करिब ४ सय विद्यालयहरु बन्द भए।

 विद्यालय बन्द भएको समयमा एक दिन मलालालाई उनका बुवाले पेशावर भन्ने ठाउँ लगे जहा उनले  नेशनल प्रेसको अगाडि एकदमै चर्चित भाषण गरिन।  जुन भाषणको  शीर्षक थियो  हाउ डेयर द तालिवान टेक अवे माइ बेसिक राइट टू एजुकेशन। जुन  भाषण गर्दा उनि जम्मा ११ बर्षकी थिइन।


मलालाले सन् २००९ मा   बीबीसीको लागि  एक पत्र लेखिन। जसमा उनले स्वातमा तालिवानका कुर्कम र अत्याचारको बारेमा वर्णन गरेकि थिइन। बीबीसीलाइ पत्र लेख्दै गरदा मलाला पहिलो पटक बाहिर आइन र उनी चिनिन थालिन। सन् २००९ को डिसेम्बरमा उनका बुवा जियाउद्दीनले  मलालाको पहिचान सार्वजनिक गरेका  थिए।


 

More form the Internet

loading...