Suvadin, Home

माओवादी केन्द्र संसदीय दलकाे बैठक
संविधानको पालना गर्न–गराउन सरकारसँग माग

त्तारुढ नेकपा माओवादी केन्द्रले संविधानको पालना गर्न–गराउन सरकारसँग माग गरेको छ। पार्टी संसदीय दलको बिहीबार बसेको बैठकले संविधान जारी भएपनि त्यसको पालना गर्ने–गराउने काममा ध्यान दिन नसकेको भन्दै सरकारलाई सचेत गराएको हो। संविधान प्रतिकूल हुनेगरी विभिन्न गतिविधि भइरहेकाले त्यसलाई कडाईका साथ पालना गराउन सरकारसँग माग गर्ने निर्णय लिइएको सांसद रामनारायण बिडारीले जानकारी दिए। बैठकमा स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर समसामयिक राजनीतिक परिस्थितिबारे पनि समिक्षा भएको थियो।
त्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलकाे बैठक।

काठमाडौं, चैत १० – सत्तारुढ नेकपा माओवादी केन्द्रले संविधानको पालना गर्न–गराउन सरकारसँग माग गरेको छ। पार्टी संसदीय दलको बिहीबार बसेको बैठकले संविधान जारी भएपनि त्यसको पालना गर्ने–गराउने काममा ध्यान दिन नसकेको भन्दै सरकारलाई सचेत गराएको हो।

संविधान प्रतिकूल हुनेगरी विभिन्न गतिविधि भइरहेकाले त्यसलाई कडाईका साथ पालना गराउन सरकारसँग माग गर्ने निर्णय लिइएको सांसद रामनारायण बिडारीले जानकारी दिए। बैठकमा स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर समसामयिक राजनीतिक परिस्थितिबारे पनि समिक्षा भएको थियो।

बैठकले सहिद गोविन्द गौतमको निधन भारतीय सुरक्षाकर्मीको गोली लागि भएकोमा खेदव्यक्त गर्दै भारत सरकारसँग उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।

सहिद गौतमको निधन भारतीय सिमा सुरक्षा बलको गोली प्रहारबाट भएकाले त्यस घटनाप्रति भारत सरकारले माफी माग्नुपर्ने र गौतमको सम्झनामा स्मारक बनाउन पनि भारत सरकारले सहयोग गर्नुगर्ने माग पनि नेकपा माओवादी केन्द्रले गरेको छ।

फागुन २६ गते कञ्चनपुरको पुनर्वास गाविसमा भारतीय सिमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट निधन भएका गौतमलाई सरकारले सहिद घोषणा गरिसकेको छ। पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको व्यवस्था पनि गरेको छ।

माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चीन भ्रमणको क्रममा विगतमा भएका सहमति कार्यान्वयनमा लैजाने आधार तयार पार्न पनि सुझाव दिएको छ। प्रधानमन्त्री दाहाल आज राति ११ बजे एक साता लामो चीन भ्रमणमा जाँदै छन्।


 

More form the Internet

loading...