Suvadin, Home

श्रीमान् र परिवारका पाँच सदस्य गुमाएकी माअाेवादी नेतृ
शाेकलार्इ शक्तिमा बदलेर डेढ कराेड महिलाका लागि लड्दैछिन् हरिमाया शर्मा

'अब यस्ताे जनयुद्ध नेपाली समाजका कुनै पुस्ताले गर्नु नपराेस्,' नेकपा माअाेवादी केन्द्रकी नेतृ हरिमाया शर्मा गाैतमले भनिन्, 'अबकाे समाज राजनीतिक, अार्थिक र सामाजिक रूपमा समानतामूलक हुनुपर्छ, नेपाल सुन्दर र शान्त राष्ट्र बन्नुपर्छ।' राज्यसत्ता परिवर्तनका लागि बन्दुक बाेकेर संग्रामी यात्रामा निस्किएकी हरिमायाकाे परिवारकाे कथा एकदमै दर्दनाक र उनले गरेकाे संघर्ष प्रेरणादायी छ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेश नम्बर–६ की संयोजक हरिमाया शर्मा गाैतम।

काठमाडौं, १३ भदौ – नेकपा माअाेवादीले वि.सं. २०५२ साल फागुन १ गतेका दिन सशस्त्र जनयुद्धकाे उद्घाेष गर्याे। र, मुलुकमा अामूल परिवर्तनकाे अाशा बाेकेर हजाराैं युवा जनयुद्धमा सामेल भए। जनयुद्ध र जनअान्दाेलन हुँदै मुलुक लाेकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्याे।

राजनीतिक दृष्टिले हेर्दा, मुलुकमा धेरै परिवर्तन भएकाे छ। मुलुकमा गणतन्त्र स्थापनाका लागि लडेका धेरै युवामा अब चाहिँ देशमै केही गर्न सकिन्छ भन्ने साेचकाे विकास भएकाे छ।

तर, यहाँसम्म अाउँदा सयाैं युवाले दिएकाे बलिदानीकाे गाथा हामी भुल्नु हुँदैन। जनयुद्धले मुलुकमा व्यवस्था नै परिवर्तन गर्याे। सामन्तवादका अवशेषहरु पनि ढले। तर, त्यही जनयुद्ध अाफ्नाे परिवार गुमाएका धेरै नागरिक मुलुककाे समृद्धि र विकासकाे अाशामा बाँचिरहेका छन्।

'अब यस्ताे जनयुद्ध नेपाली समाजका कुनै पुस्ताले गर्नु नपराेस्,' नेकपा माअाेवादी केन्द्रकी नेतृ हरिमाया शर्मा गाैतमले भनिन्, 'अबकाे समाज राजनीतिक, अार्थिक र सामाजिक रूपमा समानतामूलक हुनुपर्छ, नेपाल सुन्दर र शान्त राष्ट्र बन्नुपर्छ।'

राज्यसत्ता परिवर्तनका लागि बन्दुक बाेकेर संग्रामी यात्रामा निस्किएकी हरिमायाकाे परिवारकाे कथा एकदमै दर्दनाक र उनले गरेकाे संघर्ष प्रेरणादायी छ। इच्छाशक्ति भए कसैले पनि रोकतोक गर्न सक्दैन। आफूसँग जोशजाँगर छ भने आर्थिक अवस्था र पारिवारिक वातावरणले समेत छेक्दैन भन्ने कुराकाे पुष्टि उनले गरेकी छिन्।

दश वर्षे जनयुद्धका क्रममा सक्रिय कार्यकर्ता हुँदै अहिले आएर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेश नम्बर–६ की संयोजक भएकी छिन् हरिमाया शर्मा गाैतम। हजाराैं महिलाका लागि उनी प्रेरणा पनि हुन्।

जनयुद्धमा राज्यपक्षबाट एकपछि अर्को गर्दै परिवारका सदस्यकाे हत्या भएपनि हरिमायाले अाफ्नाे लक्ष्य र राष्ट्रकाे सर्वाेपरी हितलार्इ शीरमा राखेर अघि बढिरहिन्। 

दश वर्षे जनयुद्धका क्रममा सक्रिय कार्यकर्ता हुँदै अहिले आएर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेश नम्बर–६ की संयोजक भएकी छिन् हरिमाया शर्मा गाैतम। हजाराैं महिलाका लागि उनी प्रेरणा पनि हुन्।

उनी नेकपा माओवादी केन्द्र, आयोजक समिति सदस्य रहेकी सुर्खेत जिल्ला वीरेन्द्र नगरपालिका–१२ की हरिमाया शर्मा गौतम राजनीतिक उचार्इ लिने क्रममा छिन्।

जतिबेला देशमा तत्कालिन नेकपा माओवादीको सशस्त्र जनयुद्ध चलिरहेकाे थियाे, उनमा एक किसिमको देशभक्तिको भावना जागरुक भएको थियो। समाजमा हुने थिचोमिचोविरुद्ध आवाज उठाउँछु भनेर उनी माओवादी पार्टीमा सामेल भएकी हुन्। यति मात्रै होइन, जनयुद्धका बेला उनले ठूलाे पारिवारिक वियाेग सहनुपर्याे।

बाल्यकाल अवस्था 

हरिमाया शर्मा गौतमको बाल्यावस्था राम्रैसँग बित्यो। बुवा कविराज शर्मा र आमा पवित्रादेवी शर्माकी माइली छोरीका रुपमा वि.सं. २०३९ साल माघ ७ गते दैलेखकाे नारायण नगरपालिका–३ खाेर्सानीबासीमा मध्यम् वर्गीय परिवारमा उनकाे जन्म भएको हो। ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै हरिमाया पनि सानैदेखि मेधावी थिइन्।

बाल्यावस्थामा नेतृत्वमा हुने गुणहरु देखेपछि परिवार तथा अाफन्तले भनेपछि उनमा पनि राजनीतिप्रति उत्प्रेरणा जाग्दै गयाे। मेहनती, परिश्रमी र सहयोगी भावनाकी धनी हरिमाया सानैदेखि संवेदनशील भावकी थिइन्।

अध्ययनको यात्रा

हरियामाया पढाईमा त्यतिकै अब्बल थिइन्। प्राथमिक विद्यालयसम्मको पढाई दैलेख बजारमा भयो। माध्यामिक विद्यालयस्तरको पढाई त्रिभूवन उच्च मावि दैलेख बजारमा गरिन्।

स्नातक तह राजनीतिशास्त्रमा सुर्खेत क्याम्पस (शिक्षा)बाट र स्नातकाेत्तर अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक विषयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट गरिरहेकी छिन्। विद्यालयमा पढ्दै गर्दा आफूमा भाषण गर्ने, स्पष्ट बोल्ने क्षमताको विकास भइसकेको उनले बताएकी छिन्।

राजनीतिक यात्रासँगै प्रहरी हिरासतमा

पारिवारिक पृष्ठभूमि राजनीतिमा नभएपनि हरिमाया भने समाजमा देखिएको विभेद अन्त्यका लागि राजनीतिमा होमिएकी हुन्। उनका हजुरबुवा तथा बुवा राजनीतिमा लागेका थिएनन्। तरपनि उनमा परिवर्तनका लागि लड्नुपर्छ भन्ने चेतना जागृत भयाे। उनी राजनीतिमा प्रवेश गरिन्।

हरिमायाका दाजु दैलेखको एक प्राथमिक विद्यालयमा प्रधानाध्यापक थिए। जनयुद्धका क्रममा तत्कालीन नेकपा माओवादीले डोल्पामा अभियान सञ्चालन गरेकाे थियाे।

साेही क्रममा वि.सं. २०५९ साल भदौ ७ गते उनका दाजु नारायणकाे हत्या भयो। दाजुको हत्या भएको खबरले उनको परिवार मर्माहित बन्यो। त्यो घटनाले गर्दा हरिमायामा भूमिगत रुपमै संगठित रुपमै अघि बढ्ने आँट पलायो।

दाजुको हत्या भएको खबरले दुखित हरिमाया २०५८ साल भदौ महिनामा नेकपा माओवादीमा प्रवेश गरी भूमिगत भइन्। कक्षा-११ को अध्ययनका क्रममा तत्कालीन नेकपा माओवादीमा भूमिगत भएकाे हरिमाया बताउँछिन्। भूमिगत भएको दुई वर्षसम्म पार्टीमा कार्यकर्ताको रुपमा काम गरिन्।

हुन त विद्यार्थी जीवनमा सक्रिय रुपमा राजनीतिमा नलागेपनि त्रिभूवन उच्च मावि दैलेखमा इकाई अध्यक्षको पद समालेकी थिइन्। वि.सं. २०५८ सालमै विद्यार्थी संगठन अखिल क्रान्तिकारी दैलेखको जिल्ला सचिवको रुपमा काम गरेकी थिइन्।

तीन दिनसम्म दैलेख प्रहरीको हिरासतममा बसेको उनले बताइन्। तीन दिनपछि हरिमायालाई प्रहरीले तारिखमा रिहा गर्यो। हिरासतमा राखेको पीडा, त्यसमा पनि महिला भनेर गरिने दुर्व्यवहारका बारेमा तीन दिनभित्र अध्ययन गर्ने मौका पाइन्।

त्यही बेला संगठनभन्दा पनि विद्यार्थीले भोग्दै आएका समस्या, हकअधिकारका लागि लडेको उनको भनाई छ। २०५८ सालमा भूमिगत रहेकै बेला दैलेख प्रहरीले उनलार्इ पक्राउ गर्यो। 

वि.सं. २०५९ सालमा अखिल नेपाल महिला क्रान्तिकारी सुर्खेत जिल्ला अध्यक्ष भइन्। अहिले अखिल नेपाल महिला संघ क्रान्तिकारी प्रदेश नम्बर–६ की संयोजक तथा पार्टीमा आयोजक समिति सदस्यको रुपमा रहेकी छिन्।

तीन दिनसम्म दैलेख प्रहरीको हिरासतममा बसेको उनले बताइन्। तीन दिनपछि हरिमायालाई प्रहरीले तारिखमा रिहा गर्यो। हिरासतमा राखेको पीडा, त्यसमा पनि महिला भनेर गरिने दुर्व्यवहारका बारेमा तीन दिनभित्र अध्ययन गर्ने मौका पाइन्।

हिरासतभित्र महिलामाथि गरिने यातना, दुर्व्यवहार जस्ता क्रियाकपालले उनमा क्रान्तिमा सशक्त ढंगले लाग्ने अठाेट पैदा भयाे। सामाजिक विभेद पनि फरक रहेछ, मान्छे-मान्छेभित्र पनि फरक विभेद देखेर आफूमा एक चेतनाकाे विकास भएको उनी बताउँछिन्। 

जनयुद्धका क्रममा नेकपा माओवादीले सञ्चालन गरेको रेडियोलाई अग्ला–अग्ला डाँडामा लिएर प्रसारण गर्ने गरिथ्यो। त्यहीबेला ‘भेरी कर्णाली जनआवाज’ रेडियोमा कार्यक्रम संयोजक र समाचार प्रस्ताेताको रुपमा काम गरेकी थिइन्।

जनयुद्ध पत्रकारिता

बाल्यकालदेखि नै हरिमायामा स्पष्ट बोल्न सक्ने क्षमताको विकास भइसकेको थियो। उनी स्पष्ट वक्ता, आवाज पनि मिठो र नेतृत्व गर्न सक्ने क्षमताकै कारण वि.सं. २०६३ सालमा पत्रकारितामा प्रवेश गरेकी हुन्।

तत्कालीन नेकपा माओवादीमा भूमिगत भएपछि दुई वर्षसम्म पार्टीको कार्यकर्ताकाे रुपमा काम गरेकी थिइन्। त्यसपछि पार्टीको अनुरोधमा युद्ध पत्रकारितामा होमिन पुगिन्। जनयुद्धका क्रममा नेकपा माओवादीले सञ्चालन गरेको रेडियोलाई अग्ला–अग्ला डाँडामा लिएर प्रसारण गर्ने गरिथ्यो।

त्यहीबेला ‘भेरी कर्णाली जनआवाज’ रेडियोमा कार्यक्रम संयोजक र समाचार प्रस्ताेताको रुपमा काम गरेकी थिइन्। 'वर्गीय जनचेतनाका लागि आवाज धन्काउन हामी जाजरकोट, कालीकोट, जुम्ला र दैलेखका उच्च–उच्च ठाउँमा बस्ने गरेका थियाैं,' हरिमाया शर्मा गौतमले  अनुभव सुनाइन्।

त्यही विभेद भएकै कारण हरिमायाले पनि सात वर्षको उमेरमा मात्रै स्कूल जान पाएकी थिइन्। घरमा आमाबुवालाई काम सघाउँनै पर्थ्यो, बहिनीलाई स्कूल पठाउँनै पर्थ्यो। 'मैले दिउँसो पढ्ने फुर्सद् पाउँदिनथेँ,' हरिमायाले भनिन्,‘राति दश बजेपछि मात्रै पढ्न शुरू गर्थे।’

विभेद अन्त्यकाे अठाेट

हरिमाया शर्मा गौतमको विचारमा समाजमा देखिएको विभेद अन्त्यका लागि राजनीतिक अान्दाेलन अझै अावश्यक छ। समाजिक विभेदको सुरुवात नै परिवारबाट हुने गरेको उनकाे टिप्पणी छ। 'विभेद गर्भबाटै शुरु हुन्छ,' उनले भनिन्, 'छोरा भए स्कूल पठाउने र छोरी भए गर्भपतन गराउने जस्ता कुराको अन्त्य हुन जरुरी छ।’

त्यही विभेद भएकै कारण हरिमायाले पनि सात वर्षको उमेरमा मात्रै स्कूल जान पाएकी थिइन्। घरमा आमाबुवालाई काम सघाउँनै पर्थ्यो, बहिनीलाई स्कूल पठाउँनै पर्थ्यो।

घरायसी कामका कारण आफूले दुई वर्ष ढिला गरी स्कूलको यात्रा शुरु गरेको हरिमाया सुनाउँछन्। 'मैले दिउँसो पढ्ने फुर्सद् पाउँदिनथेँ,' हरिमायाले भनिन्,‘राति दश बजेपछि मात्रै पढ्न शुरू गर्थे।’

परिवारका सदस्यको एकपछि अर्को हत्या 

राजनीतिक पृष्ठभूमि नभएपनि जनयुद्धका समयमा नेकपा माओवादीसँग आबद्ध भएकै कारण हरिमाया शर्मा गौतमका परिवारका सदस्यको एकपछि अर्को गरी राज्यपक्षबाट हत्या भयो। 

हरिमाया शर्मा गौतमका दाजुकाे डाेल्पामा हत्या भयाे। बुवा कविराज शर्मालार्इ पनि जनयुद्धमै उनकाे परिवारले गुमायाे। 'बुवाकाे वि.सं. २०६१ भदाै २७ गते दैलेखमा ज्यान विभत्स तरिकाले लिइएकाे थियाे,' उनले भनिन्। त्यसपछि हरिमायाकी साइली बहिनी सीता शर्मा ‘सफलता’लार्इ जाजरकोटमा सरकारी पक्षले नियन्त्रणमा लिएर हत्या गर्यो।

जीवनभरि साथ बाचा गरेर विवाहबन्धनमा बाँधिएकी हरिमायाले अाफ्ना जीवनसाथी पनि गुमाइन्। ऋषि गौतम 'राहुल’को वि.सं. २०६६ साल फागुन २७ गते योजनाबद्ध तरिकाले प्राण लिएकाे उनी बताउँछिन्।

ऋषि सुर्खेत नेकपा माओवादी इञ्चार्जको रुपमा कार्यरत थिए। हरिमाया भन्छिन्,‘मेरा श्रीमान्काे हत्या कसरी भयाे भन्ने अहिलेसम्म पता लागेको छैन।’ श्रीमान्को हत्या भएको पीडा त उनीमाथि छँदैछ।

त्यसपछि हरिमायाका भिनाजु लक्ष्मी अधिकारीलार्इ प्रहरीले बेपत्ता पारेको थियो। भिनाजुलाई कोहलपुरस्थित जमुना चौकीबाट बेपत्ता पारिएका उनले बताएकी छिन्। 

जीवनभरि साथ बाचा गरेर विवाहबन्धनमा बाँधिएकी हरिमायाले अाफ्ना जीवनसाथी पनि गुमाइन्। ऋषि गौतम 'राहुल’को वि.सं. २०६६ साल फागुन २७ गते योजनाबद्ध तरिकाले प्राण लिएकाे उनी बताउँछिन्।

संघर्ष निरन्तर

परिवारका सदस्यको एकपछि अर्को हत्या हुँदा हरिमायाले अाफ्ना श्रीमान् पनि गुमाइन्। राजनीति क्षेत्रमा होमिँदै गर्दा श्रीमान्ले पनि देशको लागि बलिदान दिए। तर, जीवनसाथी गुमाएपछि उनी संघर्षबाट पछि हटिनन्। यद्यपि, एकल हुँदा पीडा र सामाजिक समस्या उनी झेल्दै आएकी छिन्।

नेकपा माओवादीले गरेकाे वर्गीय संघर्षबाट एकल महिलाहरुलार्इ केही समयाेग चाहिँ मिलेकाे हरिमायाले बताएकी छिन्। 'डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला एकल महिलालाई मासिक भत्ता दिने योजना अगाडि बढाएको थियो,' उनले भनिन्, 'धेरै महिलाले राहतकाे अनुभूति गरेका छन्।'

हरिमायाका दुर्इ छाेरी ज्याेती र रिया गाैतम छन्। ज्याेती कक्षा स्नातक तहकाे प्रथम वर्षमा अध्ययन शुरू गर्दैछिन्। रिया कक्षा ६ मा पढ्छिन्। 

'पुरुष सरह हरेक पार्टीमा महिलाले नेतृत्व गर्न सकेको अवस्था छैन,' उनले भनिन्,‘अहिले पारिवारिक सुरक्षा, आर्यआर्जन लगायतका क्षेत्रमा प्रगति भइरहेकाे छ, विस्तारै राजनीतिक नेतृत्वमा पुग्न अाधार निर्माण गर्नुपर्छ।’ 

राजनीतिको अन्तिम लक्ष्य 

हरेक मानिसको अन्तिम लक्ष्य भनेकै समाजसेवा हुनुपर्ने हरिमायाकाे धारणाा छ। समाजमा देखिएको विभेद अन्त्य गर्ने, कामका आधारमा महिला-पुरुषबीच देखिएको विभेदको अन्त्य गर्ने लगायतका कामका लागि उनी वकालत गर्दै अाएकी छिन्।

'पुरुष सरह हरेक पार्टीमा महिलाले नेतृत्व गर्न सकेको अवस्था छैन,' उनले भनिन्,‘अहिले पारिवारिक सुरक्षा, आर्यआर्जन लगायतका क्षेत्रमा प्रगति भइरहेकाे छ, विस्तारै राजनीतिक नेतृत्वमा पुग्न अाधार निर्माण गर्नुपर्छ।’ राजनीतिमा महिलाको सहभागिता ३३ बाट बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने उनकाे माग छ।

आत्मनिर्भर बनाउने, रोजगारीका कार्यक्रम सिर्जना गर्ने लगायतका कार्य गरेर महिलाका हक अधिकार सुनिश्चित गर्ने लक्ष्यका साथ राजनीति यात्रामा होमिएको उनले बताएकी छिन्।

समाजमा अझै पनि महिलाको सम्मान गर्ने वातावरण नरहेकाे उल्लेख गर्दै उनले भनिन्,‘महिलाले बोल्दा नै कमजोर भएको महसुश गर्ने जस्ता क्रियाकलापलाई हटाएर समानताको वातावरण सिर्जना गर्नुपर्छ।’

विकासका लागि एजेण्डा

हरिमायाले विकासका अवधारणा पनि बताएकी छिन्। उनले सुर्खेत जिल्लामा विकासका लागि पूर्वाधारकाे पहुँच विस्तार गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी लगायत जनजीविकाका सवाललार्इ तत्काल सम्बाेधन गर्नुपर्ने बताएकी छिन्।

'सुर्खेत पर्यटकीय सम्भावना भएको जिल्ला हाे,' उनले भनिन्, 'पर्यटकको विकाससँगै व्यवस्थित शहर निर्माणमा जोड दिनुपर्छ।' राजनीतिमा लागेर सम्पूर्ण महिलाको मुक्तिका लागि महत्वपूर्ण भूमिका निभाइरहेकी हरिमाया चेतना अभिबृद्धिमा लागेकी छिन्।


 

More form the Internet

loading...