Suvadin, Home

Cover Image

एमसीसी रोक्न आग्रह गर्दै ९ दलले सभामुखलाई बुझाए ज्ञापनपत्र

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रोक्न माग गर्दै ९ राजनीतिक दलले सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।  

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रोक्न माग गर्दै ९ राजनीतिक दलले सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।  

मंगलबार दिउँसो प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई विभिन्न साना ९ दलले ज्ञापनपत्र बुझाएका हुन् । ९ दलका तर्फबाट सीपी गजुरेलले ज्ञापनपत्र बुझाएका थिए ।

वुझाइएको विज्ञप्तिमा ९ दलले एमसीसी राष्ट्रघाती भएकाले कुनै हालतमा स्वीकार्न नहुँने उल्लेख छ ।


 

More form the Internet

loading...