Suvadin, Home

यसरी शुरू हुँदैछ विश्वप्रकाशकाे मेची–महाकाली 'मुभ'!

'अाधुनिक कांग्रेसकाे निर्माणका विषयमा नै हाम्राे छलफल शुरू हुनेछ', विश्वप्रकाशले शुभदिनसँग भने, 'हामीले कांग्रेस निर्माण गर्ने म्याण्डेड पाएका छाैं, त्यसैले त्यही म्याण्डेडलार्इ कार्यान्वयनकाे प्रक्रिया हामी शुरू गर्दैछाैं।'
नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा।

कुसुम पाैडेल, झापा, ४ पुस – नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा अहिले झापा क्षेत्र नम्बर–१ का मतदातालार्इ धन्यवाद दिन व्यस्त रहेका छन्।

कांग्रेस केन्द्रीय सदस्य शर्मा पुस ६ गतेसम्म झापामै रहनेछन्। पुस ६ गते नेता शर्माकाे जन्मदिन हाे। त्यसपछि पुस ८ गते बुटवलमा अायाेजित नेपाल जेसीजकाे कार्यक्रममा शर्मा अतिथिकाे रुपमा सहभागी हुनेछन्।

उक्त कार्यक्रममा 'यस वी क्यान साइन' शीर्षकमा कांग्रेस नेता शर्मा र नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले विशेष सम्बाेधन गर्दैछन्।

भैरहवाकाे कार्यक्रम सकिएपछि पुस ९ गते काठमाडाैं पुग्ने शर्माले ११ गतेबाट नेता–कार्यकर्ताहरुसँग अन्तरक्रिया शुरू गर्नेछन्।

'अाधुनिक कांग्रेसकाे निर्माणका विषयमा नै हाम्राे छलफल शुरू हुनेछ', विश्वप्रकाशले शुभदिनसँग भने, 'हामीले कांग्रेस निर्माण गर्ने म्याण्डेड पाएका छाैं, त्यसैले त्यही म्याण्डेडलार्इ कार्यान्वयनकाे प्रक्रिया हामी शुरू गर्दैछाैं।' यसलार्इ शर्माले मेची–महाकाली मुभ भनेका छन्।

पुस १५ गतेसम्म अन्तरक्रिया गरेपछि १६ मेलमिलाप दिवसका अवसरमा विशेष कार्यक्रम गरी कांग्रेस पुनर्निर्माणकाे अभियान शुरू हुने शर्माकाे जनाएका छन्।


 

More form the Internet

loading...