Suvadin, Home

प्रधानमन्त्री देउवाको जम्बो मन्त्रिमण्डल, तीन मन्त्रीले खाए सपथ 

सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच सपथ ग्रहण गरेका हुन्।
शितल निवास।

काठमाडौं, भदौ २६ –सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच सपथ ग्रहण गरेका हुन्।

राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट मन्त्रिपरिषद्मा प्रवेश पाएका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान सपथ ग्रहण गराएकी हुन् 

उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका रेशम लामाले पनि आजै सपथ लिने कार्यक्रम छ। उनको सपथ भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुनेछ।

देउवाले आफ्नो जम्बो मन्त्रिपरिषद्मा तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै आइतबार मन्त्रिपरिषद् विस्तार गरेका थिए। मन्त्रिपरिषद् विस्तारसँगै देउवाको चर्को आलोचना भइरहेको छ।देउवा नेतृत्वको मन्त्रिपरिषद् ५४ सदस्यीय भएको छ।


 

More form the Internet

loading...