Suvadin, Home

नयाँ नेपालको सपना साकार पार्न सबै एकढिक्का भएर अघि बढ्नुपर्छः मन्त्री बस्नेत

 मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त गरेको हो।

काठमाडौं, १० वैशाख – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त गरेको हो।

उनले मुलुक र जनताको हितलाई सर्वोपरी राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने बताए। सांसद हेमकुमार राईले विकास निर्माणमा सबैको ध्यान गएको बताउँदै नयाँ नेपालको सपना साकार पार्न सबै एकढिक्का भएर अघि बढ्नुपने बताएका छन्।

पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले समृद्धि नारामा मात्रै नभई ठोस योजना तथा कार्यक्रममार्फत हुनुपर्ने विचार व्यक्त गरे।  


 

More form the Internet

loading...