Suvadin, Home

मोदीलाई दिए देउवाले बधाई

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा सम्पन्न लोकसभा चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष अमित शाहलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन् ।

देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएको कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार जनाएको छ ।

देउवाले पत्रमा नेपाल र भारतबीच सदियौंदेखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुवै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियो हुने विश्वाससमेत व्यक्त गरेका छन् ।


 

More form the Internet

loading...