Suvadin, Home

दक्षिणपन्थी प्रतिकृयावादी गठबन्धन बनाउने प्रयासः वैद्य

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको पार्टी एकता गर्ने सहमतिलाई दक्षिणपन्थी प्रतिकृयावादी गठबन्धन बनाउने प्रयास भएको टिप्पणी गरेको छन्।
 मोहन वैद्य।

काठमाडौं, असोज १८ – मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको पार्टी एकता गर्ने सहमतिलाई दक्षिणपन्थी प्रतिकृयावादी गठबन्धन बनाउने प्रयास भएको टिप्पणी गरेको छन्।

वैद्यले बुधबार एक विज्ञप्ति जारी गर्दै दक्षिणपन्थी बाटो हुँदै प्रतिकृयावादी कित्तामा गैसकेका शक्तिहरुको एकता दक्षिणपन्थी प्रतिकृयावादी गठबन्धन बनाउने प्रयास मात्र भएको टिप्पणी गरेका हुन्।

गठबन्धनलाई कम्युनिस्ट एकता वा वामपन्थी एकता भनिए पनि त्यो विल्कुल गलत भएको भन्दै विज्ञप्तिमा वैद्यले भनेका छन्, ‘वास्तविक रुपमा यो देश, जनता, सच्चा कम्युनिष्ट पार्टी र सच्चा वामपन्थीहरुका विरुद्धको गठबन्धन हो।’

वैद्यले केहि दिन अघि मात्र माओवादी केन्द्रलाई कांग्रेससँग पार्टी एकता गर्न व्यंगात्मक सुझाव दिएका थिए।

विज्ञप्तिमा अघि भनिएको छ, ‘यो एकताले एमालेको कथित देशभक्तिको र माओवादी केन्द्रको माओवादी जनयुद्धको आफू कथित उत्तराधिकारी भएको भन्ने मकुण्डोलाई उतारिदिएको छ र उनीहरुको सक्कली चरित्र उदांग भएको छ।’

वैद्यले यो गठबन्धनबाट सच्चा देशभक्त र प्रगतिशीलहरुका बीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु बीच पार्टी एकताको पक्षमा ध्रुवीकरण पैदा हुने वातावरण सिर्जना भएको दाबी गरेका छन्।


 

More form the Internet

loading...