Suvadin, Home
Citizen Bank 35.2k

भारतकाे छत्तिसगढमा विद्रोहीहरुद्वारा आत्मसमर्पण

भारतीय माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन्। छत्तिसगढ राज्यको नारायनपुर जिल्लामा ती विद्रोहीहरुले आफ्ना हातहतियासहित आत्मसमर्पण गरेका प्रहरीले थप जानकारी दिएका छन्।

काठमाडाैं, वैशाख ३ – भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन्। भारतीय माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन्। छत्तिसगढ राज्यको नारायनपुर जिल्लामा ती विद्रोहीहरुले आफ्ना हातहतियासहित आत्मसमर्पण गरेका प्रहरीले थप जानकारी दिएका छन्। 

प्रहरीसमक्ष आत्मसमर्पण गरेका यी विद्रोहीहरुले समाजिक कार्यहरुमा आफूहरुको सहभागीता रहने मनसाय व्यक्त गरेका छन्। आदिवासी र गरीब जनताको भूमि अधिकारीहरुको लागि उनीहरु दशकौदेखि लडाई गर्दै आएका यी विद्रोहीहरुको दाबी रहेको छ।


 

More form the Internet

loading...