मोरङका ६ वटै क्षेत्रमा वाम गठबन्धनको अग्रता, शेखर, मिनेन्द्र र महेशलार्इ निकै सकस!
उत्तम रिजाल, माेरङ, मंसिर २२ – माेरङका ६ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन्।
क्षेत्र नं १ मा नेकपा एमालेका घनश्याम खतिवडाले नौ हजार ७८६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेपाली कांग्रेसका डिगबहादुर लिम्बूले आठ हजार ९८४ मत प्राप्त गरेका छन्।
क्षेत्र नं २ मा एमालेका ऋषिकेश पोखरेलले सात हजार १४६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने कांग्रेसका डा. मीनेन्द्र रिजालले छ हजार ७०७ मत प्राप्त गरेका छन्।
क्षेत्र नं ३ मा एमालेकै भानुभक्त ढकालले सात हजार १४६ मत प्राप्त गर्दा कांग्रेसका सुनील शर्माले छ हजार ७०७ मत प्राप्त गरेका छन्।
क्षेत्र नं ४ मा नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले सात हजार २४ मत लिई अग्रता कामय गरेका छन् भने कांग्रेसका महेश आचार्यले पाँच हजार ४२ मत प्राप्त गरेका छन्।
क्षेत्र नं ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार ७८९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने कांग्रेसका अमृतकुमार अर्यालले तीन हजार २१८ मत प्राप्त गरेका छन्।
क्षेत्र नं ६ मा एमालेका लालबावु पण्डितले १३ हजार ७९ मत प्राप्त गरी अग्रता लिएका छन् भने काँग्रेसका डा शेखर कोइरालाले ११ हजार १६ मत प्राप्त गरेका छन्।